एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

 न्यूज विराट
एसईइ रनिङ शिल्ड प्रतियोगिता, उपाधिको लागि बरहा राईजिङ र सत्यनारायण मावि भिड्दै

विराटनगर । दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगितामा सुनसरीको बराहा राईजिङ स्टार स्कुल र विराटनगरमा रहेको सत्यनारायण मावि फाइनलमा पुगेको छ ।

विराटनगरमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इटहरीको सहिद स्मृति माविलाई ३–१ गोलले पराजित गर्दै बराहा राईजिङले फाइनलमा पुगेको हो ।

जितको लागि बरहाका रोहन राईले २ गोल र आयुश रुचाल मगरले १ गोल गरेका थिए । सान्तवना गोल सहिद स्मृति स्कलका सुशील राईले फर्काए । म्यान अफ द म्याच बराहा राईजिङका रोहन राई घोषित भए ।
सोही दिन भएको दोस्रो सेमीफाइनल खेलमा मोरङको बुढीगंगाकामा रहेको जेभियर्स स्कुललाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै सत्यनारायण मावि फाइनलमा पुगेको हो । निर्धारितसम्म १–१ गोलको बराबरी भएपछि जितको निर्णायक टाइब्रेकरबाट भएको हो । म्यान अफ द म्याच सत्यनारायण माविका हेमन्त राजबंशी घोषित भए ।

उपाधिको लागि शनिबार दिउँसो १ बजे सत्यनारयण र बरहा राइजिङ्ग प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्