नेकोसभोजपुरको अध्यक्षमा खत्री

 न्यूज विराट
नेकोसभोजपुरको अध्यक्षमा खत्री

विराटनगर । नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको अध्यक्षमा मानबहादुर खत्री निर्वाचित भएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा सम्पन्न भएको नेपाल खेलकुद महासंघ (नेकोस)राष्ट्रिय आईटीएफ तेक्वान्दो संघ भोजपुरको प्रथम सम्मेलनले खत्रीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
प्रथम सम्मेलनले खत्रीको नेतृत्वमा १४ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा सजिना तामाङ, सचिव छिना गुरुङ, उपसचिव रोमिला राई, कोषाध्यक्ष मिलन तामाङ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा सक्सेस राई, नरेश खत्री, आकाश तामाङ, कृष्णधन तामाङ, कैलाश तामाङ, वीरेन्द्र तामाङ, चन्द्र बस्नेत, नवीन राई र जेम्स राई चयन भए ।

नेकोस राष्ट्रिय आईटीएफ तेक्वान्दा संघ कोशी प्रदेश सचिव ओमकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रीय अध्यक्ष प्रवीण कार्कीलगायतको उपस्थिति रहेको थियो ।.

सम्बन्धित समाचार

सिरियाबाट १० जना फ्रान्सेली बालबालिका फिर्ता

एजेन्सी, असार ८-सिरियाको शरणार्थी शिविरमा आश्रय लिइरहेका दश जना फ्रान्सेली बालबालिकालाई फ्रान्स सरकारले स्वदेश फर्काएको छ । फ्रान्सका सयौं नागरिक आतंकवादी संगठन इस्लामिक स्टेटमा आबद्ध हुन सिरिया पुगेका र तिनीहरुबाट सिरियामै बालबच्चा जन्मिएका थिए ।...

कोरोना संक्रमणबाट काठमाडौंका ९ जनासहित १९ को मृत्यु

काठमाडौं, १९ असोज-पछिल्लो २४ घण्टाको अवधिमा १९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा पाँच महिला र १४ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

कोरोना संक्रमित पत्रकारको उपचारका लागि महासंघ मोरङले स्थापना गर्याे कोरोना समन्वय कोष

विराटनगर, ३० बैशाख । नेपाल पत्रकार महासंघ मोरङ शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सहयोग गर्न कोरोना समन्वय कोष स्थापना गरेको छ । बिहीबार बसेको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैठकले कोभिड–१९ बाट संक्रमित पत्रकारहरुको उपचारमा सहयोग...

जलाधारको संरक्षणले सिङ्गो सहरलाई संरक्षित गर्न सकिन्छ : केदार कार्की

इटहरी । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिङ्गो सहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् । शनिवार हसिना सिमसार परिसरमा आयोजित वृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जङ्गल क्षेत्रको विनासका...

पाँच मिनेटको फरकमा भारतको जम्मु विमानस्थलमा दुई शक्तिशाली बम विस्फोटः शंकास्पद दुई जना पक्राउ

एजेन्सी, १३ असार । भारतको जम्मुस्थित विमानस्थलमा आइतबार शक्तिशाली विस्फोट भएको छ । करिब पाँच मिनेटको अन्तरमा दुई पटक विस्फोट भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बबबबबबबबविमानस्थलको उच्च सुरक्षासहितको प्राविधिक क्षेत्रमा भएको विस्फोटबाट कुनै...

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल

काठमाडौं, २२ जेठ-चलचित्र विकास बोर्डको अध्यक्षमा चलचित्र लेखक, निर्देशक तथा गीतकार दयाराम दाहाललाई नियुक्त गरिएको छ ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  बोर्ड...

अवैध भारतीय मदिरा ‘सिक्कम गोल्डेन’ बरामद

विराटनगर, १० चैत । झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अबैध रुपमा ल्याएको भारतिय मदिरा बरामद गरिएको छ । सोमबार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा...

करेन्ट लागेर सह–चालकको मृत्यु

विराटनगर, २४ फागुन । मोरङ बेलबारी नगरपालिका–७ का २४ बर्षीय आशिस मग्रातीको करेन्ट लागेर मृत्यु भएको छ । आइतबार राती ९ बजे दुहबी –२ स्थितमा रहेको मैनावती स्टिल फ्याक्ट्रीमा ना४ख ५९३६ नम्बरको ट्रकमा सामान लोड...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्