विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा उपलब्ध हुनेछन् । नयाँ भेरिएन्टको लन्चसँगै टिभिएस मोटर कम्पनीले विश्वसनीय रसन्तोषजनक उत्पादनहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता कायम राखेको छ । २.२ किलोवाट–आवरको नयाँ भेरिएन्टको शुरुवाती मूल्य २ लाख ९९ हजार रहेको छ । जसले इभी स्कुटरलाई अझ पहुँचयोग्य बनाएको छ । कम्पनीका अनुसार टिभिएस आईक्युब३ प्रमुख सिद्धान्तहरूबाट प्रेरित रहेको छ । पावर अफ चोइस, पूर्ण एसुरेन्स र प्रयोगमा सहजता । पावर अफ चोइस अन्तर्गत ग्राहकहरूलाई विभिन्न रेन्ज, चार्जिङ र प्राइसअपसनहरु रहेका छन् । पूर्ण एसुरेन्स अन्तर्गतसवारी सुरक्षा र फुल ओनरशिप अनुभव रहेको छ भने प्रयोगमा सहजता अन्तर्गत सजिलै प्रयोग गर्न सकिने फिचरहरु रहेका छन् । उक्त लन्च कार्यक्रममा टिभिएस मोटर कम्पनीका ईभी इन्टरनेशनल बिजनेसका भाइस प्रेसिडेन्ट मधु प्रकाश सिंहले भने, “नेपालमा टिभिएस आईक्युबको यात्रा निकै फलदायी हुँदै आएको छ । हाम्रा ग्राहकहरूले केवल एक वर्षमा १० लाख भन्दा बढी किलोमिटर यात्रा पूरा गरिसक्नु भएको छ । विश्वभरि ४ लाखभन्दा बढी ग्राहकहरूले टिभिएस आईक्युब ब्रान्डलाई रोजेका छन् जसले उत्कृष्ट ईभी अनुभवप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रमाणित गरको छ । नयाँ आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टले सबैभन्दा फास्ट चार्जिङ सुविधा प्रदान गर्छ ।” जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले पनि आफ्नो विचार राख्दै भने, “टिभिएसआईक्युबसँगको गत एक वर्षको हाम्रो सफल यात्रा सफल रहेको छ । टिभिएस आईक्युब २.२ किलोवाट–आवर भेरिएन्टको प्रवेशले नेपाली दुई पाङ्ग्रे ईभी क्षेत्रमा आएको परिर्वतनमा अझ गति थप्नेछ । हाम्रो विस्तृत वितरण नेटवर्क र उत्कृष्ट इन–स्टोर बिक्रीका साथ हामी यो नयाँ भेरिएन्टलाई नेपालभर उपलब्ध गराउन प्रतिबद्ध रहेका छौं। नेपाली ग्राहकवर्गका लागि दुई पाङ्ग्रे ईभी अझ पहुँचयोग्य भएको छ ।” नयाँ टिभिएस आईक्युब२.२ किलोवाट–आवर भेरिएन्टको बुकिङ आजदेखि टिभिएस नेपालको वेबसाइटमा तथा काठमाडौंभरकाटिभिएसका ४०वटाआधिकारिक डिलरहरूमा उपलब्ध भएको छ।
काठमाडौं, २४ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा...
नेकपा एमालेको प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । बुधबार बसेको एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री...
भारतीय क्वारेन्टाइनमा रहेर आमाको किरिया गरिरहेका दार्चुलाको शैल्यशिखर नगरपालिका-१ का वासुदेव भट्ट घर आउन पाउने भएका छन् । गृह मन्त्रालयले भारतको क्वारेन्टाइनमा रहेका भट्टलाई आमाको मृत्यु संस्कारका लागि नेपाल ल्याउने वातावरण मिलाउन जिल्ला प्रशासन कार्यालय...
राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादव प्रहरीले मंगलबार पक्राउ गरेको छ । ५ जना वडाअध्यक्षसहित १० जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । ३ जना वडा अध्यक्षलाइ सोमबार...
विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास...
विराटनगर, फागुन ४-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघियता असफल वनाउने खेलमा सरकार लागेको आरोप लगाएका छन् । प्रेस नेपाल मोरङले विराटनगरमा आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष यादवले सरकारले प्रेस...
काठमाडौँ, असार ३० । पश्चिम रुकुमको सोती घटना भएको एक वर्ष मात्रै वितेको उक्त घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको विभत्स हुँदा संघीय संसदमा माओवादी नेता जनार्दन शर्माले बोल्नुभएको थियो । रुकुमको सोतीमा दलितका कारण...
विराटनगर । विराटनगर ३ मा रहेको मोर्डनएरा स्कुलले तेस्रो संस्करणको मोर्डनएरा लिटिल च्याम्स प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले आयोजना गरेको उक्त प्रतियोगिता शनिबार सम्पन्न भएको हो ।विद्यालयमा अध्ययनरत ९...