खोपमा समान पहुँच सुनिश्चित गर्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

 न्यूज विराट
खोपमा समान पहुँच सुनिश्चित गर्नु पर्नेमा राष्ट्रपति भण्डारीको जोड

काठमाडौं, २४ जेठ-राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वका सबै नागरिकलाई खोपको समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिएकी छिन् । संयुक्त अधिराज्यका प्रधानमन्त्री बोरिस जोन्सनले आयोजना गरेको ‘भर्चुअल’ विश्व खोप सम्मेलनलाई भिडियो सन्देश पठाउँदै राष्ट्रपति भण्डारीले खोप तथा असङ्क्रमणीकरणका लागि विश्वव्यापी गठबन्धन (जिएभिआई) ले खासगरी स्वास्थ्यसम्बन्धी दिगो विकासका लक्ष्य प्राप्ति तथा स्वास्थ्य क्षेत्रमा गरेको योगदानको सराहना गरेकी छिन् ।

साथै उनले खोप तथा असङ्क्रमणीकरणको महान उद्देश्य प्राप्तिका निम्ति नवीकृत प्रतिबद्धताका साथ अघि बढ्न अन्तर्राष्ट्रिय समुदायलाई उनले आह्वान पनि गरेकी छिन् । खोप कार्यक्रमबाट नेपालले हासिल गरेका उपलब्धिबारे चर्चा गर्दै राष्ट्रपति भण्डारीले साझा सुख र खुसीका निम्ति विश्वव्यापीरूपमा गरिने प्रयत्नप्रति नेपालको ऐक्यबद्धता प्रकट गरेकी छिन् । कोभिड-१९ विरुद्धको खोप विकासमा संलग्न वैज्ञानिकहरूमा उनले सफलताको शुभकामना पनि व्यक्त गरेकी छिन् ।

स्वस्थ संसार निर्माण तथा खोपको विकासका निम्ति सहायता जुटाउने लक्ष्यका साथ आयोजित उक्त सम्मेलनमा संयुक्त राष्ट्र सङ्घीय निकाय, निजी तथा परोपकारी सङ्घ–संस्था तथा सरकारी प्रतिनिधिसहित ३ सय जनाले भाग लिएका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालसहित विकासोन्मुख देशहरूको खोपमा पहुँच सुधार्न २० वर्षअघि सार्वजनिक–निजी साझेदारीमा जिएभिआई स्थापना गरिएको हो । संयोगवश जिएभिआईको २० औँ वार्षिकोत्सवका अवसरमा उक्त सम्मेलन आयोजना भएको छ । रासस

सम्बन्धित समाचार

कोरोना संक्रमितको संख्या ९ लाख नाघ्यो, अमेरिकामा एकैदिन २६ हजार थपिए

एजेन्सी, चैत २०-विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ९ लाख नाघेको छ । बुधबार एकै दिन ७६ हजार बढी संक्रमित थपिएसँगै यो संख्या ९ लाख नाघेको हो । पछिल्लो विवरण अनुसार विश्वका २०३...

बाँतर समुदायले मनाए माघे संक्रान्ति

विराटनगर । मोरङको कटहरी गाउँपालिका–५ मा रहेकाबाँतर समुदायहरुले माघे संक्रान्ति पर्व मनाएका छन् । आफ्ना धर्म संस्कृति संरक्षण गर्ने उदेश्यले विभिन्न कार्यक्रमको आयोजना गरी सोमबार माघेसंक्रान्ति पर्व मनाएका हुन् । माघेसंक्रान्तिका दिनबाँतर समुदायहरुले आफ्नो कुल...

मिस्टर एण्ड मिस लिटल कोशीको फाइनल सर्यो, अर्को शनिबार भव्य हुने

विराटनगर । छैठौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको भदौ १६ गते शनिबार हुने भनिएको फाइनल सरेको छ । उक्त प्रतियोगिताको फाइनल अर्को शनिबार हुने आयोजकले जनाएको छ । भदौ १६ गते हुने भनिएको फाइनल...

नयाँ पार्टी दर्ता गर्न राजपा र समाजवादीका नेता निर्वाचन आयोगमा

काठमाडौं, ११ वैशाख-राष्ट्रिय जना पार्टी राजपा र समाजवादी पार्टीका नेताहरु नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् ।मध्यरातमा पार्टी एकताको सहमति गरेका राजपा र समाजवादी पार्टीका नेताहरु त्यसको जानकारी दिन निर्वाचन आयोग पुगेका हुन्...

विराट गोल्डकपको तयारी पुरा, बिजेतलाई २० लाख १५ हजार

विराटनगर । विराटनगरमा चैत ९ गतेदेखि सुरू हुने सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । विराटनगरस्थित सहिद मैदानमा सुरु हुने रात्रिकालीन विराट गोल्डकपको तयारी पुरा भएको आयोजकले सोमबार पत्रकार सम्मेलन गरी जानकारी...

निर्वाचन आयोगद्वारा तीनवटा दल खारेज

काठमाडौं, ७ माघ । निर्वाचन आयोगले तीनवटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद् नामका तीनवटा दलको दर्ता खारेज गरिएको आयोगले सूचना प्रकाशित गरेर...

प्रेस सेन्टर मोरङका अध्यक्ष नवीन कर्ण पुरस्कृत

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङका सक्रिय पत्रकार नवीन कर्ण ‘हरिनारायण–विष्णुमाया श्रेष्ठ पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत भएका छन् । कर्णलाई झापाको अर्जुनधारा नगरपालिका–११ स्थित जंगबीर गुभाजू श्रेष्ठ प्रतिष्ठानले एक कार्यक्रमकाबीच पुरस्कृत गरेको हो । अर्जुनधाराको...

भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी एकै ठाउँमा जम्मा हुन नपाउने

काठमाडौं, ३० साउन-भोलिदेखि काठमाडौंमा ५ जनाभन्दा बढी मानिस एकै ठाउँमा जम्मा हुन नपाउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा थप कडाइ गर्दै आज राति १२ बजेदेखि १५ भदौ मध्यरातसम्मका लागि काठमाडौं जिल्लाभर स्थानीय प्रशासन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्