प्रदेश स्तरीय कबड्डी सुरु , सोलुखुम्बु र उदयपुरले समान अंक बाढ्यो
सोमबार, १७ असार, २०८१,
न्यूज विराट
विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझै बन्न नसकेको बताए । उनले खेलाडीहरू देशको गौरव हुन् भन्ने स्थापित गर्न प्रदेश सरकार र प्रदेश खेलकुद वोर्डले प्रयास गरिरहेको दाबी गरे । कबड्डी नेपालको धेरै खेलिने खेल र गौरवको खेल पनि भएको बताउँदै, सदस्यसचिव बस्नेतले भने, ‘खेलाडीहरुलाई सर्वोपरि ठानेर बोर्डले काम गरिरहेको छ ।’
सोमबार भएको उद्घाटन खेलमा सोलुखुम्बु र उदयपुरबीच ४३–४३ प्वाइन्टको बराबारी खेल्दै १–१ अंक बाँडेका छन् । प्रतियोगितामा प्रदेशका १२ वटा जिल्लाको सहभागिता रहेको छ । मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, उदयपुर, सोलुखुम्बु, संखुवासभा र ओखलढुंगाको सहभागिता रहेको छ । भोजपुर र खोटाङले सहभागिता जनाएका छैनन् । त्यस्तै, कोशी प्रदेश खेलकुद विकास बोर्डले विद्यालयमा अध्ययनरत महिला विद्यार्थीहरुलाई लक्षित गरेर झापाको दमकस्थित हिमालय माविमा ३ दिने ‘महिला सेल्फ डिफेन्स’ आत्मरक्षा तालिम सम्पन्न गरेको छ । पछिल्लो समय महिलाहरु हिंसामा बढ्न थालेकोले खेलका माध्यमबाट आत्मरक्षा गर्न सक्ने बनाउनका लागि कार्यक्रम आयोजना गरिएको हो । विद्यालयको कक्षा ११ र १२ मा अध्ययनरत १ सय ३५ जना छात्राले सहभागिता जनाएका थिए । यो अभियान अन्य जिल्लामा हुने खेलकुद बोर्डले जनाएको छ ।
विराटनगर । मोरङको धनपालथान गाउँपालिका ६ मा जथाभावी माटो उत्खननले कदमा र नोचा बस्ती जोखिममा परेको छ । धनपालथान ६ लोहन्द्रा खोला छेउको बस्ती वरपर अवैध रूपमा माटो उत्खनन भएको कारणले बस्ती जोखिममा परेको हो...
विराटनगर, ९ माघ । विराटनगरस्थित नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गर्न जिल्ला प्रशासन कार्यालय मोरङले आग्रह गरेको छ । आन्दोलनका कारण कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिदिन प्रशासनले आग्रह गरेको हो...
विराटनगर । मोरङमा १२ औं चरणको हात्तीपाइले विरुद्धको औषधी सुवाउने कार्यक्रम फागुनको दोस्रोसाताबाट सुरु हुने भएको छ । फागुन ११ गतेबाट मोरङमा हात्तीपाइले विरुद्धको औषधी खुवाउने कार्यक्रम सुरु गरिने जनवास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश...
सप्तरीको सप्तकोसी नगरपालिकामा व्यापक अनियमिमता भएको भन्दै जनप्रतिनिधिसहित चारवटा राजनीतिक दलले संयुक्त रूपमा आन्दोलन थालेका छन् । एकलौटी ढंगले अघि बढेका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मिलेर एक करोडभन्दा बढी रुपैयाँको अनियमिमता गरेको आरोप लगाउँदै...
एजेन्सी, असार १५-बङ्गलादेशको राजधानी ढाकाको बुरिगाङगामा अवस्थित एक नदीमा सोमबार बिहान भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा २३ व्यक्तिको मृत्यु भएको छ । सानो डुङ्गा अर्को एक ठूलो पानी जहाजमा ठोक्किँदा भएको यस घटनामा अन्य कैयौ...
नेपाल–भारत सम्बन्ध सुधारमा दुवै देशका सत्तारुढ पार्टी तहमा भ्रमण आदनप्रदान हुन थालेको छ ।नेकपा महासचिव एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निमन्त्रणामा भारतीय जनता पार्टीका विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवा नेपाल भ्रमणमा आएका छन् । चौथाइवाले बिहीबार...
पाँचथर, ४ बैशाख-पाँचथरको मिक्लाजुङ गाउँपालिकाले मदिराजन्य पदार्थ उत्पादन गर्ने व्यक्तिलाई खाद्यान्न बिक्री नगर्न व्यवसायी तथा स्थानीयवासीलाई आग्रह गरेको छ । लकडाउन लम्बिँदै जाँदा खाद्यान्न अभाव हुन सक्ने भएकाले गाउँपालिकाले मदिराजन्य सामग्री उत्पादन गर्ने उद्देश्यसहित हुने...