कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी भूपेन्द्र राईलाई

 न्यूज विराट
कोशीमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी भूपेन्द्र राईलाई

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग भएको स्वास्थ्य मन्त्रालयको जिम्मा भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईलाई दिएका छन् ।

बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट सरकारको नेतृत्व गरिरहेका राईलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी दिएका हुन् । कोशीमा ८ मन्त्री र २ राज्यमन्त्री गरी १० सदस्यीय मन्त्रिपरिषद छ ।

गत असार तेस्रो साता कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय र दुई राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरे । एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन । कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए ।

डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि कांग्रेसलाई नै जिम्मा दिएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए । दलले मन्त्री पठाएपछि मन्त्रालय जिम्मा लगाउने उनले बताए । यता कोइराला समूहले भने दुई वटा मन्त्रालय नपाएसम्म मन्त्रीको नाम नपठाउने बताएको छ ।

सम्बन्धित समाचार

तीन वर्षभित्र शिक्षामा क्रान्ति– मुख्यमन्त्री राई

[caption id="attachment_47277" align="alignnone" width="747"] जनसेवाको स्वर्णमहोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राई ।[/caption]   कानेपोखरी (मोरङ) । १ नम्बर प्रदेशका मुख्यमन्त्री सेरधन राईले शिक्षा क्षेत्रमा क्रान्ति गर्दै प्राविधिक शिक्षालाई प्रदेश भरीको विद्यालयमा लागु गर्ने बताएका छन्...

विद्युतमा आत्मनिर्भर बन्दै भोजपुर

विराटनगर, फागुन १२–पूर्वी पहाडी जिल्ला भोजपुर विद्युतमा आत्मनिर्भर हुँदै गएको छ । भोजपुरमा हाल ३३ केभी राष्ट्रिय प्रशारण लाइनबाट विद्युत संचालित छ भने स्थानीय ५ मेघावाटको इष्टर्न हाइड्रोपावर पनि संचालनमा रहेको छ ।भोजपुरमा हाल अर्को...

ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन मुस्लिम आयोगको आग्रह

काठमाडाैं, ४ जेठ-राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । मुस्लिम आयोगको आइतबार बसेको बैठकपछि आयोगका अध्यक्ष समिम मिया अन्सारीले ईदु–उल–फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न मुस्लिम समदुायलाई आग्रह गरेका...

सीके राउतको पार्टीका कार्यकर्ताले कार्यालय प्रमुखलाई कालोमोसो दले अनि जनकपुर परिक्रमा गराए

सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले खानेपनी तथा ढल व्यवस्थापन प्रमुख राजेश कुशवाहालाई कालोमोसो दलेर जनकपुरधाम परिक्रमा गराएका छन् ।

लिदी पहिरो : विस्थापितलाई सेलाङको बाँसखर्क सारिँदै

सिन्धुपाल्चोक, ६ भदौ-लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । जुगल गाउँपालिका-१ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा राख्ने गरी तयारी भइरहेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । सबै...

कोरोना जितेर घर फर्किनेको संख्या १ हजार नाघ्यो, सोमबार ६७ जना डिस्चार्ज

काठमाडौं, १ असार-पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ६७ जना घर फर्किएका छन् । घर फर्किएका मध्ये ७ महिला र ६० पुरुष रहेको स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।...

बालुवाटारमा संवैधानिक परिषद्को बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक २ घण्टादेखि जारी छ । बैठकमा संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र...

कोशी प्रदेश खेलकुद विकास बोर्डको कार्यालय भवन स्थानान्तरण

विराटनगर । कोशी प्रदेश खेलकुद बिकास बोर्डको कार्यालय भवन स्थानान्तरण गरिएको छ । आज खेलकुद बिकास बोर्डको नयाँ कार्यालय भवनको विधिवत उद्घाटन गरी कार्यालय भवन स्थानान्तरण गरिएको हो । कोशी प्रदेशका सामाजिक विकास मन्त्री तथा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्