सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

 न्यूज विराट
सरकारसँगको ‘राजनीतिक टसलपछि’ समाज कल्याण परिषद्का पदाधिकारीहरूले दिए राजीनामा

काठमाडौं, ८ असोज । समाज कल्‍याण परिषद्का उपाध्यक्षसहित सबै पदाधिकारीले संयुक्त राजीनामा दिएका छन् ।

परिषद्‍का सदस्य सचिव पुष्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले सामूहिक राजीनामा दिएका हुन् ।

सबै पदाधिकारीहरूलाई केपी ओली नेतृत्वको सरकारले नियुक्ति दिएको थियो । सरकारले राजनीतिक प्रतिशोध राखेर राजीनामाका लागि दबाब दिएपछि आफूहरूले राजीनामा दिएको उनीहरूको आरोप छ । उपाध्यक्ष खतिवडाले मन्त्री रिक्त रहेको अवस्थामा परिषद् अध्यक्ष प्रधानमन्त्रीबाट वार्षिक नीति, कार्यक्रम तथा अन्य गतिविधिको स्वीकृति लिन खोज्दा टसल परेपछि राजीनामा दिएको उपाध्यक्ष खतिवडाको भनाइ छ ।

‘वार्षिक कार्यक्रम र बजेट स्वीकृत नहुँदा कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आइपर्‍यो । यही कारणले हामीले राजीनामा दिएर मार्ग प्रशस्त गर्‍यौँ,’ उनले भने ।

शुक्रबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत आफूहरूले औपचारिक घोषणा गर्न लागेको खतिवडाले बताए ।

सम्बन्धित समाचार

जनकपुरमा पनि कोरोना परिक्षण मेसिन जडान

जनकपुरधाममा पनि अब कोरोना भाइरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । प्रादेशिक अस्पताल जनकपुरधाममा प्रोटेबल पीसीआर मेसिनको जडान गरिएसँगै यहाँ पनि कोरोना परीक्षण सुरु भएको हो ।प्रदेश–२ मा पनि जनकपुरधाममा कोरोना परीक्षण मेसिन उपलब्ध...

शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...

कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो

काठमाडौं, १० साउन-कोभिड–१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत संक्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ संक्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ संक्रमितमा लक्षण...

एमालेले बुझायो वडा कार्यालयमा २० बुद्धे ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिका १२ नं. वडा कार्यालयमा वेथीति बढेको आरोप लगाउँदै नेकपा एमाले १२ नं. वडा कार्यालयले ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न २० बुद्धे ध्यानाकर्षण पत्र वडा कार्यालयमा बुधबार बुझाएका हुन् । नेकपा...

सनसिटीका २ संक्रमितसँग नेपाल आएका थिए १ सय ५३ यात्रु

काठमाडौं, २ वैशाख-काठमाडौं पेप्सीकोला टाउन प्लालिङस्थित सनसिटीमा कोरोना भाइरस संक्रमण देखिका २ जनासँगै कतार एयरवेजको विमानबाट १ सय ५३ जना आएको खुलेको छ । उनीहरू बेलायतबाट दोहा ट्रान्जिट भएर काठमाडौं आएका प्रहरी प्रवक्ता एसएसपी उमेस...

प्रदेश १ मा १९ कोरोना संक्रमित थपिए

विराटनगर, ६ साउन–प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा ८, मोरंग र झापामा ४–४, इलाममा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको वेलकामा...

युवा समाजसेवी राहुल भट्टराईद्वारा विद्यार्थीलाई ब्याग वितरण

विराटनगर । विराटनगरका युवा समाजसेवी राहुल भट्टराईले मोरङको ग्रामीण क्षेत्रमा रहेको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ब्याग वितरण गरेका छन् । मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत १ सय ५० जना...

लकडाउनका प्रभावितको विवरण संकलनका क्रममा झडप, १९ जना घाइते

पर्सामा लकडाउनका कारण समस्यामा परेका व्यक्तिहरूलाई राहत बाड्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । वीरगन्ज महानगरपालिका-१९ बरेवा गाउँमा लकडाउनले राहत बाँड्ने विषयमा दुई पक्षबीच झडप हुँदा बालबालिका र महिलासहित १९ जना घाइते...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्