
काठमाडौं, चैत २–प्रहरीले काठमाडौंको कपन क्षेत्रबाट १ लाख ५० हजार थानभन्दा बढी मास्क बरामद गरेको छ । महानगरीय प्रहरी परिसरका डीएसपी होवीन्द्र बोगटीका अनुसार कालो बजारीका लागि स्टक गरिएका डेढ लाखभन्दा बढी मास्क बरामद गरिएको जानकारी दिए ।
उनका अनुसार प्रहरीले छापा मार्ने क्रम जारी राखेकाले कति पक्राउ परे भन्ने यकिन हुन बाँकी रहेको बताए । ‘कालो बजारीका लागि गोदाममा स्टक गरेका रहेछन्, हामीले भरखर बरामद गरेका छौँ,’ बोगटीले भने । डल्लुबाट हिजो पनि प्रहरीले ७८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो ।