विराटनगर । विराटनगरमा रहेको विराट नर्सिङ होम र विराट मेडिकल कलेजले प्याब्सन मोरङमा आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गरिदिने भएको छ । सहुलियतमा उपचार गर्नको लागि प्याब्सन र विराटबीच बुधबार सम्झौता भएको छ ।
सम्झौता पत्रमा हस्पिटलको तर्फबाट सिइओ डा. निकिता कार्की र प्याब्सनको तर्फबाट मोरङका अध्यक्ष प्रेमलाल सिंह सुवालले गरेका छन् । प्याब्सन मोरङमा २४० भन्दा बढी निजी विद्यालय आवद्ध रहेको छ । आवद्ध भएका विद्यालयका संचालक र कर्मचारीहरुलाई हस्पिटलले सहुलियतमा उपचार गर्ने सम्झौता गरेको प्याब्सन मोरङका अध्यक्ष सुवालले जानकारी दिए । सम्झौता अनुसार ओपीडि निःशुल्क रहेको छ । ल्याबमा अन्य विभिन्न सेवाहरुमा छुट विशेष छुट योजना ल्याएको छ । सम्झौता कार्यक्रममा प्याब्सनका केन्द्रीय उपाध्यक्ष राजेश कुमार दास, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, विराटनगर उपाध्यक्ष अर्जुन श्रेष्ठलगायतको उपस्थिती रहेको थियो । प्याब्सन मोरङले यस अघि पनि न्यूरो हस्पिटलसँग सम्झौता गरेर सौलियतमा प्याब्सन आवद्ध सदस्यहरुको सहुलियतमा उपचार गर्दै आएको छ ।
विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसिडिए) मोरङ शाखाले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । संघको ५१ औं स्थापना दिवसको अवसर पारेर विराटनगरमा बिहीबार खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ३४...
बुटवल, ७ जेठ-कोरोनाको इपीसेन्टर बनेको बाँकेको नरैनापुरमा रहेका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने तयारी गरिए पनि स्थानीयले विरोध जनाएका छन् । नरैनापुरमा सोमबार संक्रमण पुष्टि भएका ५७ जनामध्ये ३४ जनालाई कोहलपुरको कृषि विकास बैंकको तालिम केन्द्रमा...
विराटनगर । विराटनगरमा ‘तनस्का फेसन शो रनवे’ हुने भएको छ । विराटनगर–३ पिपल चोकस्थित तनस्का फेसन स्टुडियोले यही साउन २० गते फेसन शो गर्ने भएको हो । आयोजक तनस्का फेसन स्टुडियोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन...
विराटनगर, जेठ ७–प्रदेश १ मा ६६ जनालाई कोभिड—१९ पुष्टि भएको छ । आजथप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो । प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा...
जनकपुरधाम, २३ जेठ-‘दूधमती नदीलाई संरक्षण गराैँ, नदीमा माछा मार्न निषेध’ नारासहित यहाँका केही युवा जनकपुरधामको ऐतिहासिक दूधमती नदी संरक्षणमा सक्रिय भएका छन् । जनकपुरधाम-२२ का युवाहरूले दूधमती नदी संरक्षणका लागि ठाउँठाउँमा सन्देशमूलक पेन्टिङ गरिरहेका छन्...
सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए । खोप...
कक्षा ११ की एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका कोर्डिनेटर जनार्दन अधिकारीलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी वृत्त गाैशालाकाे टाेलीले सोधपुछका लागि अधिकारीलाई नियन्त्रणमा लिएको हो । सेन्ट लरेन्सका आन्दोलित विद्यार्थीहरू प्रहरी...
काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा उनीविरुद्धको मुद्दा दायार गरेको हो । रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल...