६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

 न्यूज विराट
६ दिनमै कोरोना जितेर घर फर्किइन् भक्तपुरकी संक्रमित जनप्रतिनिधि

भक्तपुर, १६ जेठ-कोरोना संक्रमण भएपछि पाटन अस्पतालमा उपचार गराइरहेकी भक्तपुर नगरपालिका-९ की ४२ वर्षीया महिला जनप्रतिनिधि ६ दिनमै कोरोनामुक्त भएर घर फर्किएकी छिन् ।

६ जेठमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र च्याम्हासिंमा गरिएको स्वाब सङ्कलनपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ९ गते राती आएको रिपोर्टमा कोरोना पोजिटिभ देखिएपछि उनलाई १० गते बिहान उपचारका लागि ललितपुरको पाटन अस्पतालको कोभिड आइसीयू ब्लकमा भर्ना गरी उपचार गरिएको थियो ।

अस्पतालमा १४ र १५ गते पुनः भएको कोरोना परीक्षणको रिपोर्टमा नेगेटिभ आएर कोरोनामुक्त भएपछि उनलाई बिहीबार साँझ डिस्चार्ज गरेपछि भक्तपुरको च्यामासिंस्थित घर फर्किएकी हुन् ।

वडा महिला सदस्यलाई कोरोना पुष्टि भएपछि भक्तपुर नगरले जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मीलगायत १ सय ६८ जनाको पीसीआर परीक्षण गराउँदा रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको महिला जनप्रनिधिको बस्ती यसअघि नै सिल हटाइसकिएको छ । रासस 

सम्बन्धित समाचार

धरानमा शनिबार थपिए १३५ कोरोना संक्रमित

विराटनगर, २४ असोज-सुनसरीको धरानमा शनिबार आएको रिपोर्टमा १३५ जना कोरोना संक्रमित थपिएका छन् । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारीअनुसार सञ्चारकर्मी, धरान उपमहानगरपालिकाका कर्मचारी, अधिकारकर्मी र बीपी प्रतिष्ठानका कर्मचारीसहित १३५ जनामा कोरोना...

एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्षको घरजग्गा रोक्का गर्न आग्रह

अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घरजग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ । कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

कर्णाली प्रदेशका २ जनामा कोरोना आशंका

सर्खेत, १० जेठ-कर्णाली प्रदेशका २ जनामा पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ देखिएको हो । ‘आरडीटी गर्दा...

सुनसरीको कोशी गाउँपालिकामा भयानक दुर्घटनाः ट्रक र बस ठोक्किँदा गाडीमा आगलागी हुँदा जलेर नष्ट, तीन जनाको घटनास्लमै मृत्यु

विराटनगर, २१ माघ । सुनसरीको कोशी गाउँपालिका–१ लोैकहीको खुनिया पुल नजिकै भयंकर सडक दुर्घटना भएको छ । पुर्वबाट पश्चिम जादै गरेको ना ८ ख ८४९३ नम्बरको बस र पश्चिमबाट पुर्व आउदै गरेको ना ६ ख...

घाइते बनाउनेलाई सांघातिक आक्रमण गर्ने सांसदको चेतावनी

काठमाडौँ, माघ १९–सत्तारुढ नेकपाका सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा जिल्लास्थित नेकपाका आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्रप्रसाद जोशीलाई कुटपिट गरी घाइते बनाउनेमाथि सांघातिक आक्रमण गर्ने चेतावनी दिएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा विशेष समयमा बोल्दै सांसद स्नेहीले...

विराटनगरमा कांग्रेसको चुनावीसभाः डा. शेखर कोइरालाले भने—कम्युनिष्टको सरकार बन्दा देशले जहिल्यै दुःख पायो

विराटनगर, २१ वैशाख । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्टको नेतृत्वमा सरकार बन्दा जहिल्यै देशले दुख पाएको आरोप लगाएका छन् । बुधबार विराटनगरमा नेपाली कांग्रस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो...

प्रदेश १ मा परिक्षणको दायरा बढ्यो, एकै दिन १९ सयको कोरोना परीक्षण

विराटनगर, साउन २८–प्रदेश १ मा कोरोना परीक्षणको दायरा फराकिलो बनेको छ । बुधबार मात्रै प्रदेश १ मा १९ सयको हाराहारीमा कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कमा अनुसार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्