राशिफल

अब १४ दिन सबै नागरिक अघोषित होम क्वारेन्टाइनमा !

 न्यूज विराट
अब १४ दिन सबै नागरिक अघोषित होम क्वारेन्टाइनमा !

नेपालमा अहिले कोरोनाको संक्रमण नभए तापनि विश्‍वव्यापी रूपमा फैलिएको संक्रमणलाई मध्यनजर गरी सरकारले उच्च सतर्कता अपनाएको छ । विभिन्न चरणमा छुट्टाछुट्टै किसिमका सतर्कता देखाएको सरकारले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनपछि सबै नागरिकलाई सम्भव भएसम्म होम क्वारेन्टाइनमा बस्न आह्‍वान गरेको देखिन्छ ।

प्रधानमन्त्रीको सम्बोधनको क्रममा होम क्वारेन्टाइन शब्दको प्रयोग नभएता पनि अवलम्बन गर्न लगाइएका उपाय भने होम क्वारेन्टाइनमै राख्न खोजेको देखिन्छ । सरकारले अत्यावश्‍यक अवस्थाबाहेक सबै नागरिकलाई बाहिर ननिस्कन आह्‍वान गरेको छ । यसको अर्थ घरमै सुरक्षित ढंगले बस्नु भनेको हो ।

लामो दूरीका सवारी साधनलाई रोक लगाउने निर्णय लिइएको छ । यसको अर्थ अहिले बसेको स्थानबाट टाढा नजाऊ, हिड्डुलमा ध्यान देऊ भन्न खोजेको हो ।

सबै अन्तर्राष्ट्रिय उडानहरू कम्तिमा ९ दिनका लागि बन्द गरिएको छ । सरकारले अत्यावश्‍यकबाहेकका सेवा बन्द गर्ने निर्णय लिएको छ ।भाइरस संक्रमणको लक्षण १४ दिनसम्ममा देखिने भएकाले नागरिकहरूलाई आवश्‍यक सतर्कताका लागि सबै सेवा बन्द गरेर यो अवधिसम्म घरमै बस्न प्रोत्साहित गरिएको हो ।

विश्‍वव्यापी रूपमा फैलिएको संक्रमणबाट बच्न हामी सबैले आवश्‍यक उपाय अवलम्बन गर्न जरुरी छ । तर, हामीलाई अत्यावश्‍यक पर्ने बैंकिङ सेवा बन्द हुने छैन । खाद्य वस्तुको अभाव पनि नहुने विषयमा सरकारले पटक पटक विश्‍वस्त तुल्याएको छ । तसर्थ बढी मौज्दात राख्न जरुरी छैन् ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...