विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी ब्याम्पसले बढाएको रकम फिर्ता हुनुपर्ने काम राख्दै विद्यार्थीले क्याम्पस विरुद्ध मुद्धा दायर गरेका छन् ।
नँया क्याम्पस प्रमुख आएपछी लागू गरिएकाले पहिलो तिरेको रकम फिर्ताको माग राख्दै महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसलाई विपक्षी बनाएर बिबिए ७ औं सेमष्टरमा अध्ययनरत छात्र अङ्कित पोखरेलले सोमबार मुद्दा दायर गरेका हुन् ।
त्रिविको कार्यकारी परिषदको निर्णय, व्यवस्थापन संकायद्वारा जारी गरिएको कार्यविधि तथा क्याम्पस समिति स्वयमले छात्रवृति पाउने विद्यार्थीबाट अन्य शुल्कको हकमा जम्मा ५ प्रतिशत रकम मात्र असुल उपर गर्ने गरि निर्णय गरेकोमा क्याम्पसले बिबिएम कार्यकममा सो व्यवस्था कार्यन्वयन गरि सो कार्यक्रममा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । तर, विबिए कार्यक्रममा अध्ययनरत रिट निवेदकको हकमा सो निर्णय तथा कार्यविधि कार्यन्वयन नगरी असमान व्यवहार गरि गैरकानुनी तवरले अत्यधिक शुल्क उठाइएको रिट निवेदनमा उल्लेखछ ।