न्युरो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाए : डा. मदन कोइराला

 न्यूज विराट
न्युरो अस्पतालमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाए : डा. मदन कोइराला

विराटनगर । विराटनगरका नाक, कान, घाटी रोग विशेषज्ञ डा. मदन कोइरालालाई विरामीलाई जाँच गर्दै गर्दा एक्कासी चिउडो, पातो र छाती दुख्यो । त्यसपछि उनले पेनकिलर खाए । ठिक नभएपछि उनले ओपीडि बन्द गरेर इसिजि र रगतका केही जाँच गरे ।
मंगबलार दिउँसो तिर उनका सहयोगीले रिर्पोट लिएर आए । त्यो रिपोर्ट हरेपछि उनको मनमा चिसो पस्यो । रिपोर्ट हेरेपछि उनले हृदयघात भएको आशंका गरे र घरदेखि करिब एक सय मिटरको दुरीमा रहेकोे विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी अस्पताल जाने निधो गरे । लगतै अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेशराज श्रेष्ठलाई उनले आफ्नो स्वास्थ्यको समस्या बारेमा जानकारी पनि गराए ।
अस्पतालको आकस्मिक कक्षमा आएपछि डा. श्रेष्ठले इसिजि गरे । त्यसपछि देखियो मुटुको रगत नलीको एउटा भल्प बन्द रहेछ । ‘ह्दयघात भएको १÷२ घण्टा भित्रमा हस्पिटल आए । जसले गर्दा उपचारमा सहज भयो । त्यसपछि क्याथल्याब लगियो र एन्जीयोप्लाष्टिक गरेर बन्द भएको मेरो मुटुको भल्प खोलियो र अहिले न्यूरो हस्पिटलमा मुटुको भरपर्दो उपचार पाएकोे छु,’ बुधबार डिस्र्चाज भएपछि डा. कोइरालाले भने, ‘मेरो छोरा, छोरी, ज्वाइ र बुहारी सबै डाक्टर रहका छन् । उनीहरुसँग पनि कुराकानी भयो । त्यसपछि डा. निकेशराज श्रेष्ठ मुुटु रोगको उपचारमा अनुभवी र भरपर्दो चिकित्सक हुन भन्ने मलाइ थाहा थियो । तेही भएर म काठमाण्डौ नगएको हो । घर नजिकको न्यूरो हस्पिटलमा उपचार गरेको छु । निकेश राज मेरो साथी ज्ञानबहादुर श्रेष्ठको छोरा पनि हो । त्यसैले मैले यहाँ उपचार गरे । एन्जीयोप्लाष्टिक गरेर अहिले एउटा स्टेन लगाएको छ । अहिले धेरै राम्रो भएको छ । न्यूरोको क्याथ ल्याब गंगालाल, मनमोहन वा अन्य विकसित मुलुकको जतिकै छ । न्यूरोमा अन्तर्राष्ट्रिय स्तरको उपचार पाएको अनुभूति गरेको छु । अहिले ठिक छ । यहाँबाट गएर फुटबल पनि खेल्न सक्ने भएको छु ।’ मुटुको उपचार न्यूरोमा भरपर्दो हुने गरेको पनि उनले सुनाए । ‘एयर लिफ्ट गराएर बाहिर उपचार गराउन गएको भए मेरो कति खर्च हुने थियो । न्युरो त्यो खर्च जोगाइ दिएको छ । हृदयरोग देखिएपछि जतिसक्दो हस्पिटल जानुपर्ने हुन्छ । जति ढिलो भयो तेही मुटु बिग्रन सक्छ । छोरीले मलाई काठमाण्डौं आउनु भन्दै थिइन् । तर म गइन् । मलाइ विश्वास थियो । काठमाण्डौ र बाहिर जितकै उपचार न्यूरोमा डा निकेशराजले गर्नुहुन्छ भन्ने मलाई विश्वास थियो । अहिले आएर प्रमाणित पनि भएको छ । अहिले राम्रो पनि भयो । उपचारमा खटिने चिकित्सकप्रति कृतज्ञ रहेको छु ।’
उपचारमा संलग्न अस्पतालका कल्सल्टेन्ट इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा.निकेशराज श्रेष्ठले डा. मदन कोइरालाको एन्जियोग्राम गर्दा मुटुको एउटा रगत नली भल्प बन्द भएकोले हामीले सफल उपचार गरेको बताए । ‘एन्जीयोप्लाष्टि गरेर बल्क भएको रगत नली खोलिएको छ । बल्क भएको रगतको नली खोलिएपछि मुटुको माशंपेशीले रगत पाएपछि मुटुको मर्न लागेको भागलाई बचाउन सकिन्छ । जसले गर्दा छाती दुखाइ काम हुने गर्दछ ,’ डा. श्रेष्ठले भने, ‘हृदयघात भएका विरामी जतिसक्दो चाँडो अस्पताल भए उपचारमा सजिल्लो हुने गर्दछ र बचाउन सकिन्छ ।’
अत्याधुनिक उपकरण र चर्चित कार्डियोलोजिष्ट चिकित्सकसहितको टिम दुवैको संयोजन मिलेका कारण न्यूरोले मुटु उपचारमा पछिल्लो समयमा फड्को मार्दै गएको छ ।
न्यूरोमा विशेषज्ञ चिकित्सकसहितको ‘क्याथल्याब’ सञ्चालनमा ल्याएपछि मुटुरोगीका विरामीको उपचारमा न्यूरो निरन्तर सफलतातिर अग्रसर बनेको छ । अस्पतालमा मुटुरोगीको सफल शल्यक्रिया तथा उपचार हुन थालेपछि पूर्वी नेपाल र भारतका विरामीको चाप बढ्न थालेको छ । गुणस्तरीय सेवा प्रदान गरेर विरामीको मन जित्न पनि न्यूरो सफल हुँदै गएको हो ।
मुटुमा जटिल समस्या भएका विरामीका लागि कोरोनरी तथा रेनल एन्जियोग्राफी, एन्जियोप्लाष्टी र पेसमेकर प्रत्यारोपणमा न्यूरो–कार्डियो अस्पतालले छोटो समयमैै फड्को मारेको छ । नेपाली र भारतीय मुटुरोगीले सेवा पाउँदै आएको अस्पतालमा जटिल शल्याक्रियालाई आवश्यक पर्ने प्रविधि र विशेषज्ञ चिकित्सक उपलब्ध भएसँगै उपचार गराउने विरामीको संख्या बढ्दै गएको छ ।
न्युरोमा मुटुको भल्वमा पर्ने प्वालको परीक्षण, मुटुका नलीमा जम्ने रगत खोल्ने उपचार पद्दतिदेखि मुटुमा ब्याट्री राख्ने विरामीहरुको सफल उपचार न्यूरो–कार्डियोमा हुने गरेको छ । हृदयाघात भएका विरामीका लागि गरिनुपर्ने उपचार पद्दतिमध्ये एन्जियोग्राफी, मुटुको नशामा जम्ने रगत खोल्ने एन्जियोप्लाष्टी र मुटुको चाल बढाउन मुटुमा ब्याट्री राखिने पेसमेकरबाट विरामीले लाभ लिइरहेका छन् ।
कुनैपनि अस्पतालमा भर्ना भएका विरामीको लक्षण हेरेर मुटुको समस्या भएको आशंका लागे तत्काल विशेषज्ञ चिकित्सकसम्म उपचारमा पठाउने संस्कारको विकास नहुँदा कतिपय विरामीको ज्यान जाने गरेको छ । असन्तुलित खानपिन तथा शारिरीक कसरत अभावले निम्त्याउने हृदयाघातका विरामीको वायाँ भागतर्फको छाती क्रमशः दुख्दै दायाँ हाततर्फ सरेमा तत्काल विशेषज्ञ चिकित्सकसम्म पुग्नुपर्ने डा.श्रेष्ठको आग्रह छ ।
त्यसबाहेक पनि मुटुको नलीमा हुने समस्या, भल्वमा पर्ने प्वाल र नली पुरिने, मुटुकै मांसपेशीमा देखिने समस्या र उच्चरक्तचाप र मधुमेहका विरामी हृदयाघातको उच्च जोखिममा हुने गर्दछन् ।.

सम्बन्धित समाचार

नोबेलको विषय गम्भिररुपमा लिएको छु, समस्या समाधानका लागि पहल गर्छुः मन्त्री कार्की

विराटनगर, २० पुस । प्रदेश नं. १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छ । मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले शासक होइन जनताको सेवक भएर काम...

प्रतिनिधिसभामा अर्थमन्त्री नआएको भन्दै विरोध

काठमाडौं, बैशाख ३०-संघीय संसदको प्रतिनिधिसभामा अर्थमन्त्रीको उपस्थिति नभएको भन्दै विरोध जनाइएको छ । आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडा उपस्थित नभएपछि सांसदहरूले विरोध जनाएका हुन् । संघीय संसदमा प्रि बजेट छलफलमा...

डिजेल र पेट्रोलको पूर्वाधार कर १० रुपैयाँले घट्यो

काठमाडौं  । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० /१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थमन्त्रालय स्रोतले बतायो । ‘हामीले १०-१० रुपैयाले घटाएर उद्योग...

स्वास्थ्य मन्त्रालय प्रवेशमा पत्रकारलाई कडाइ

काठमाडौं, ३१ वैशाख-स्वास्थ्य मन्त्रालयले पत्रकारलाई प्रवेशमा कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले कोरोना संक्रमण जोखिमका कारण पत्रकारलाई प्रवेशमा कडाइ गरिएको बताए । तर, मन्त्रालयकाे सूचना बाहिरिएको भन्दै पत्रकारलाई...

म्याक्स अस्पतालमा आक्रमण गर्ने दुई जना पक्राउ

विराटनगर, असार १७–विराटनगर महेन्द्र चौक स्थित म्याक्स ईन्टरनेशनल हस्पिटल एण्ड ट्रमा सेन्टरमा आक्रमण गरेको आरोपमा २ जना पक्राउ परेका छन । बुधबार बिहान करिब ५ बजे वियरको बोतलमा पेट्रोल हालेर आक्रमण गरेको आरोपमा २ जना...

१२ कक्षाको छुट परीक्षा १६ पुसदेखि

काठमाडौं, १३ पुस- कक्षा १२ को छुटेका परीक्षार्थीको परीक्षा १६ पुसदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरस कोभिड–१९ का कारण परीक्षा दिन छुटेका परीक्षार्थीका लागि १६ पुसदेखि परीक्षा गर्ने निर्णय गरेको हो...

तेली समाजको महिला कमिटि मोरङमा गठन, अध्यक्षमा अम्बिका साह

विराटनगर । तेली कल्याण समाज नेपालको मोरङ जिल्ला महिला कार्यसमिति गठन गरिएको छ । विराटनगरमा शनिबार भएको प्रथम महिला भेलाबाट विराटनगर ८ की अम्बिका साहलाई अध्यक्षमा चयन गरिएको हो । साहको अध्यक्षतामा १५ सदस्यिय समिति...

कोशी अस्पतालमा एड्स हेल्थ केयरको सेवा विस्तार, संक्रमितको उपचारमा सहज हुने

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा एड्स हेल्थ केयर फाउन्डेसनको सहकार्य बिस्तार कार्यक्रमको शुभारम्भ भएको छ । अस्पताल परिसरमा एक कार्यक्रम आयोजना गरि उक्त कार्यक्रमको सेवा विस्तार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्