हङकङमा बिल्डिङबाट खस्दा एक नेपाली महिलाको मृत्यु

 न्यूज विराट
हङकङमा बिल्डिङबाट खस्दा एक नेपाली महिलाको मृत्यु

हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै दिदीबहिनी बिल्डिङबाट खेसेका थिए । तत्कालै उनीहरूलाई अस्पतालमा पर्‍याइएकोमा दिदीको उपचारका क्रममा मृत्यु भएको हो । ४० वर्षीया दिदी गर्भवती रहेको र शल्यक्रियामार्फत शिशुलाई जन्मदिएलगत्तै उनको मृत्यु भएको अस्पताल स्रोत भनाइ उद्धृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

बिल्डिङबाट सँगै खसेकी २७ वर्षीय बहिनी भने सकुशल रहेको र अस्पतालमा उपचार भइरहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरू आइतबार साँझ करिब ७ बजे मोङककको रिक्लामेसन स्ट्रिटस्थित बिल्डिङबाट खसेका थिए । त्यहाँ उनीहरू डेरामा बस्ने गरेको बताइएको छ । घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको र विस्तृत रिपोर्ट आउन बाँकी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

हङकङमा कोरोना भाइरस संक्रमणलाई फैलन नदिन सरकारले सार्वजनिक स्थलमा चार जनाभन्दा बढी मानिस भेला हुन रोक लगाइएको छ । त्यसैले अधिकांश मानिस घरमै बस्दै आएका छन् । हङकङमा ८९१ जनामा कोरोना संक्रमण देखिएको छ भने संक्रमणबाटै ४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सम्बन्धित समाचार

मुनलाइट होस्टल संचालक मधु रेग्मी पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारीमा प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका—८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो । मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना...

अपांगता दिवसको पूर्वसन्ध्यामा विराटनगरमा दिप प्रज्वलन

विराटनगर । अपांगता दिवसको पूर्वसन्ध्यामा सामर्थ्य समाजद्वारा विराटनगरमा दिप प्रज्वलन गरिएको छ । दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता र अपांगता भएका ब्यक्तिहरुको ३२ औं अन्तर्राष्ट्रिय अपांगता भएका ब्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धताू भन्ने मुल नाराका...

पछिल्लो २४ घण्टामा ३३० संक्रमित थपिए, ३२ जना डिस्चार्ज

विराटनगर, २० असोज–प्रदेश १ पछिल्लो २४ घण्टामा ३३० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा दुई सय १०, सुनसरीमा ९१, झापामा १७, संखुवासभामा तीन, उदयपुरमा दुई,...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४२१ जना डिस्चार्ज, १७७ संक्रमित थपिए

विराटनगर, १४ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४ सय २१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । होमआईसोलेसनबाट ३ सय ८६, न्युरो अस्पताल विराटनगरबाट २७, विराट मेडिकल कलेज बुढीगंगाबाट सात र मेची अस्पतालबाट एक जना...

धोनी पहिलोपल्ट बीसीसीआईको सम्झौता बाहिर

एजेन्सी, माघ ३–भारतीय क्रिकेट कन्ट्रोल बोर्डले विश्व विजेता कप्तान महेन्द्र सिंह धोनीलाई पहिलोपल्ट आफ्नो बार्षिक सम्झौताबाट बाहिर राखेको छ । बीसीसीआईले बिहीबार सार्वजनिक गरेको नयाँ सूची अनुसार अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्मका लागि सिनियर...

प्रेस युनियनद्धारा पत्रकारका समस्याबारे सरकारको ध्यानाकर्षण

विराटनगर, साउन ३१–काभिड–१९ को महामारीका बेला पत्रकार र संचार संस्था समस्यामा परेको भन्दै नेपाल प्रेस युनियनले सरकार तथा सरोकारवालासँग ९ सुत्रीय माग अघि सारेको छ । युनियनको सुनसरी शाखाको समन्वयमा प्रदेश १ का युनियनका विभिन्न...

कपिलवस्तु र रुपन्देहीमा १३ जनामा कोरोना पुष्टि

बुटवल, ७ जेठ-आज पुनः कपिलवस्तु र रुपन्देहीका १३ जनामा कोरोना संक्रमण देखिएको छ । भैरहवाको गुहबाली अनुसन्धान केन्द्रमा गरिएको पीसीआर परीक्षणमा १३ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले  बताए...

चर्चित र्‍यापर क्रिसमाथि याैन अपराधकाे आरोप, ११ कम्पनीले रद्द गरे सम्झाैता

चीनका एक होनहार कलाकार क्रिस वूमाथि यौन उत्पीडनको गम्भीर आरोप लागेको छ । चिनियाँ-क्यानाडेली र्‍यापर क्रिसमाथि १९ वर्षीया डू मीजुले यस्तो आक्षेप लगाएकी हुन् । यो महिनाको सुरुमा डू मीजुले सामाजिक सञ्जालमार्फत क्रिसको व्यविचार र हिंसक...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्