फरुवाले हानेर ज्ञानचन्द ऋषिदेवको हत्या

 न्यूज विराट
फरुवाले हानेर ज्ञानचन्द ऋषिदेवको हत्या

विराटनगर । सुनसरीको गढी गाउँपालिका – ६ घर भएका ४७ वर्षीय रिङ व्यवसायी ज्ञानचन्द ऋषिदेवको फरुवा प्रयोग गरेर हत्या भएको खुलेको छ ।
ऋषिदेवको सोमबार बिहान टाउको छुटिएको अवस्थामा शव गढी गाउँपालिका २ थलाहामा भेटिएको थियो । हत्यामा प्रयोग भएको फरुवा पनि प्रहरीले बरामद गरेको छ ।
थलाहामा टाउकोदेखि मुनिको भाग भेटिएको थियो । जिउ भेटिएको स्थानदेखि करिब ५० मिटर उत्तर पश्चिममा गढी २ गुजाइटोकीमा टाउँको भेटिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । शव भेटिएको स्थान ऋषिदेवले बालुवा र सिमेन्ट प्रयोग गरि रिङ बनाउने उद्योग रहेको छ । हत्याको कारण खुलि नसकेको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको डिएसपी भण्डारीले बताए ।
प्रहरीले यस घटनामा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको डिएसपी भण्डारीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको ऋषिदेव थरकै व्यक्तिहरु रहेका छन् । उनको रिङ बनाउने ठाउँमा नियमित आउनेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छ । ‘नियन्त्रणमा लिएको व्यक्तिले लगाएको कपडामा रगत लतपतिएको छ । हामी घटनाको नजिक पुग्न लागेका छौं । एक जनाको मात्रै संलग्न छ कि अरुको पनि छ । त्यस विषयतर्फ पनि अनुसन्धानको दायरालाई फराकिलो बनाएका छौं,’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकृतले भने ।

सम्बन्धित समाचार

कुखुरा फर्म संचालकको हत्या आरोपमा दम्पत्ती धरानबाट पक्राउ

विराटनगर । मोरङ सुन्दरहरैंचा – ९ का ४९ वर्षीय सहदेव बजगाइँको हत्या आरोपमा प्रहरीले दुई जना काम गर्ने कर्मचारीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम...

अर्किड कलेजको प्राचार्यमा सीएम श्रेष्ठ

विराटनगर । विराटनगरस्थित अर्किड कलेजका प्राचार्यमा सीएम श्रेष्ठ नियुक्त भएका छन् । लामो समयदेखि शिक्षा क्षेत्रमा लागि परेका श्रेष्ठलाई कलेजका संचालक समितिको बैठकले प्राचार्यमा नियुक्त गरेको हो । यसअघि सो कलेजका प्राचार्य दिपेश बास्तोला रहेका...

नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित

विराटनगर । नेवाः देय् दबू मोरङको अध्यक्षमा थर्कमान श्रेष्ठ निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको चौथो जिल्ला अधिवेशनबाट थर्कमानले ८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धाी ओम प्रकाश श्रेष्ठले ५७...

पीसीआर परिक्षणपछि सेनिटाइज गरेर आरती स्ट्रिप्स सञ्चालनमा

विराटनगर, ६ भदौ–मोरङको बुढीगंगा गाउँपालिका–१ स्थित आरती स्ट्रिप्स शनिबारदेखि पुनः सञ्चालनमा आएको छ । भारतीय मजदुरका कारण कोरोना संक्रमण फैलिएपछि बन्द भएको सो उद्योग शनिबारबाट पुनः सञ्चालनमा आएको हो । उद्योगमा कार्यरत ६०० बढि मजदुर...

प्रहरी चौकी अमाहीवरियातीलाई सफलता, डेढकिलोभन्दा बढी चाँदी बरामद

विराटनगर । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–२ बाट गोसाई पोखरीनजिकबाट प्रहरीले बुधबार डेढ किलोभन्दा बढी चाँदी बरामद गरेको छ । सीमा क्षेत्रको दशगजाबाट प्रहरीले चाँदीका गरगहना र मूर्ति बिहान ११ः१५ बजेतिर बरामद गरेको हो...

देउवाको मुद्दामा आज निर्णय, न्यायाधीश ईश्वर खतिवडालाई फैसला लेख्ने जिम्मा

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन बदर र कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै देउवासहित विघटित प्रतिनिधिसभाका १ सय ४६ सदस्यले दायर गर्नुभएको मुद्दामा संवैधानिक इजलासले आज निर्णय सुनाउने मिति तोकिएको छ...

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ । प्रशिक्षण कार्यक्रमको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्