तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

 न्यूज विराट
तेक्वान्दोका प्रशिक्षकलाई प्रशिक्षण

विराटनगर । तेक्वान्दो खेलका प्रशिक्षकहरुका लागि ६ दिने प्रशिक्षण कार्यक्रम विराटनगरमा शुक्रबारदेखि सुरु भएको छ ।नेपाल तेक्वान्दो संघ मोरङले कोशी प्रदेशका १४ वटै जिल्ला नेपाल तेक्वान्दो संघ आवद्ध प्रशिक्षकहरु प्रशिक्षण दिइने छ ।

प्रशिक्षण कार्यक्रमको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले गरे । उनले कार्यक्रमको उद्घाटन गर्दै खेल र खेलाडीको विकासका लागि भइरहेको बजेट अपर्याप्त रहेको बताए ।
खेलाडीहरुको हकअधिकारका लागि ठाउँमा पुगरे ठोस तवरबाट आवाज उठाउने वा बोल्ने काम कम भएको हुँदा सोचे अनुरुपको खेल क्षेत्रले विकास गर्न नसकेको सदस्यसचिव बस्नेतले बताए । ‘सरकारले भर्खरै बजेट ल्याएको छ । खेलकुदलाई बजेट विनियोजन उत्साहका साथ गरेको देखिँन्दैन,’ उनले भने । खेलकुद क्षेत्रमा बजेट विनियोजन गर्नका लागि हरेक सरकारले कन्चुस्याइँ गर्ने गरेको सदस्यसचिव बस्नेतले बताए ।

६ दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षणमा काठमाडौंबाट आएका टार्जन सुब्बा र नर्भु लामाले सहजीकरण गर्ने छन् । प्रदेशका ५० जना प्रशिक्षकहरुको सहभागिता रहेको र प्रशिक्षकहरुको क्षमता अभिवृद्धि गर्दै खेलका नयाँ रणनीति र खेल नियमबारे जानकारी गराई तेक्वान्दो संघ मोरङका अध्यक्ष दीवस नेपालले बताए ।
पूर्व वरिष्ठ फुटबल प्रशिक्षक सन्तोष बानियाँ, कोशी खेलकुद विकासका प्रशिक्षण प्रमुख शोभितराज प्रसाईं, बास्केटबल संघका केन्द्रीय उपाध्यक्ष विनायक पन्त, नेपाल तेक्वान्दो संघ विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

कोरोना भाइरसका कारण रोजगारी गुमेकालाई राहत कार्यक्रम

काठमाडौं, २ वैशाख-सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानिय र केन्द्र सरकारले राहतको...

मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लाग्यो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुल पार्टी कुन हो भन्ने आजबाट टुंगो लागेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित आफ्नो समूहको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अझै मुल पार्टी कुन हो भन्ने शंका छ र ?...

नेकपा (एमाले) मोरङको अधिवेशनः कटहरीका सुभाषकुमार सरदार भूगोलबाट सर्वसम्मत निर्वाचित

विराटनगर, २९ पुस । नेकपा (एमाले) मोरङको सम्पन्न ९ औँ जिल्ला अधिवेशनमा भूगोलबाट कटहरीका युवा नेता सुभाषकुमार सरदार सर्वसम्मत निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्बजनिक गरेको अन्तिम परिणाम अनुसार नेता सरदार कटहरी भूगोलबाट सर्वसम्मत...

प्रहरीद्धारा १२ लाखको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा भन्सार छली गरेको १२ लाख बढीको सामान प्रहरीले बरामद गरेको छ ।विराटनगर महानगरपालिका –१६ बिराटनगर जुट मिल छेउमा अवैध रूपमा भारतबाट नेपाल तर्फ भन्सार छलि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा...

सप्तरीबाट ६ दिनदेखि बेपत्ता बालक अझै भेटिएनन्

६ दिनदेखि हराइरहेका सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका- ११ सखुवाका एक बालक अझै भेटिएका छैनन् । रिसाएर घरबाट निस्किएका जयनारायण यादवका १३ वर्षीय छोरा रवि यादव ६ दिनदेखि बेपत्ता छन् । गोजीबाट पैसाल निकालेपछि जयनारायणले छोरा...

शीर्ष नेताका भेटघाट बन्द

कोरोना संक्रमण (कोविड–१९) को सन्त्रास विश्वभर फैलिँदै गएपछि नेताहरूले निवास तथा पार्टी कार्यालयमा हुँदै आएका दैनिक भेटघाट, कार्यक्रम बन्द गरेका छन् । कोरोना संक्रमण विश्वभर फैलिँदै गएपछि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकल दाहाल...

तस्करीको सामान समात्न इप्रका रानी सक्रिय, ११ दिनमा १४ लाख बढीको अवैध सामान बरामद

विराटनगर । भारतबाट अवैध रुपमा तस्करी भएर आउने सामान प्रहरीले धमाधम बरामद गर्दै आएको छ । इलाका प्रहरी कार्यालय रानी विराटनगरले ११ दिनमा १४ लाख बढीको चोरी तस्करी भएर आएको सामान बरामद गरेको छ ।...

विराटनगरमा ४९ सहित प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण

विराटनगर, २२ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षणगर्दा ४८२ जनामा संक्रमण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्