
आज १९४५ संक्रमित थपिए, ५३६४ जना डिस्चार्ज
काठमाडौं, ५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या...
विराटनगर । मोरङ सुन्दरहरैंचा – ९ का ४९ वर्षीय सहदेव बजगाइँको हत्या आरोपमा प्रहरीले दुई जना काम गर्ने कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका ४ हाटखोला घर भई बजगाइँकै कुखुरा फर्ममा काम गर्ने ३६ वर्षीय छिरिङ भन्ने सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षकी प्रनिसा पाँचकोटी रहेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए । उनीहरुले बुधबार राती १२ देखि १ बजेको बीचमा बिभत्स तरिकाले हत्या गरेको प्रराम्भिक चरणको अनुसन्धानबाट खुलेको एसपी कार्कीले बताए । हत्या गरेपछि उनीहरु फरार भएका थिए । फरार रहेका दम्पतीलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेज बहादुर दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले दुवैजनालाई सुनसरी धरान १२ मा रहेको बलभद्रेश्वर मन्दिर अरुणादय धर्मशालाको गेष्टहाउसबाट बिहीबार साढे ७ बजेतिर पक्राउ गरेको हो । पक्राउ गरि इप्रका बेलबारीमा ल्याएर अनुसन्धान सुरु गरिएको एसपी कार्कीले बताए । हत्याको कारण अहिले खुलेको छैन । ‘अनुसन्धान भइरहेको छ,’ एसपी कार्कीले भने, ‘थप अनुसन्धानपछि कारण पनि खुल्नेछ ।’
सुन्दरहरैचा १ कुमार गाँउ स्थित एक तल्ले टिनको छानो बासको टाटिबेरा भएको कुखुरा फर्म भित्रै फर्मका संचालक बजगाइँको बिहीबार बिहान १० बजे शव फेला परेको थियो । प्रारम्भीक अनुसन्धानबाट उनीहरूलेनै सो घटना गराएको प्रहरीको दाबी छ । बजगाइँको टाउकोमा दाउ र बञ्चरो प्रहार गरेर हत्या गरेका थिए । बजगाईको फर्ममा दम्पत्ती एक महिना अगाडीदेखि काम गर्दै आएका थिए ।
काठमाडौं, ५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या...
डडेल्धुरा, २३ जेठ-सुदूरपश्चिम प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ पुगेको...
विराटनगर । नेपाल नर्सिङ्ग संघले विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय नर्सिङ्ग दिवस मनाएको छ । विराटनगर ४ नोबेल पछाडी आफ्नै नवनिर्मत भवनमा शनिबार एक कार्यक्रम आयोजना गरी नर्सिङ्ग दिवस मनाएको हो । संघको भवनमा निर्माणमा...
विराटनगर, १९ जेठ । प्रहरीले विराटनगरबाट ४० लाख मूल्य बराबरको अवैध सामानसहित एक भारतीय ट्याक्टर नियन्त्रणमा लिएको छ । मोरङ विराटनगर महानगरपालिका ४ बाट बिआर ४४ जिबी २६२७ नम्बरको ट्याक्टर र सो ट्याक्टरमा रहेको सामान...
विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदा माथि छलफल गरेको छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा...
विराटनगर । विराटनगरका उद्योगी अरुण कुमार राठीलाई आफ्नै व्यापारिक साझेदारले बन्धक बनाएर १५ लाख रुपैयाँ फिरौति मागेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कडा कारावही गर्न पूर्वका तीन वटा व्यवसायिक संस्थाले माग राखेका छन् । उद्योग...
काठमाडौं, १५ वैशाख-नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले आफ्नो विवाह खर्चबापतको रकम ‘कोभिड-१९ प्रधानमन्त्री राहत कोष’मा जम्मा गरेका छन् । सोमबार स्वास्थ्य मन्त्रालय पुगेर पूर्वमहामन्त्री काफ्लेले आफ्नो विवाह खर्च कटाएर ‘कोभिड- १९ प्रधानमन्त्री राहत कोष’मा...
काठमाडौं, १९ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण उद्योग/व्यवसाय बन्द हुँदा आम्दानी घटेका कार्यरत श्रमिककाे कष्टकर जीवनप्रति आफू दुःखी भएको बताएका छन् । १३१औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.