हलेसीमा दुई वटा हवन कुण्ड निर्माण, पूर्वमुख्यमन्त्री कार्कीद्वारा उद्घाटन
सोमबार, २१ साउन, २०८१,
न्यूज विराट
खाेटाङ- काेशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले हलेसी तुवाचुङ नगरपालिका ७ स्थित हलेसी महादेव मन्दिर परिसरमा नवनिर्मित दुई वटा हवन कुण्डकाे साेमबार उद्घाटन गरेका छन् ।
गत आर्थिक वर्षमा काेशी प्रदेश सरकारकाे पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतकाे पर्यटन विकास आयाेजनाकाे एक कराेड ४२ लाखकाे लागतमा हवन कुण्ड निर्माण भएकाे हलेसी तुवाचुङ नगर प्रमुख बिमला राईले बताइन् ।
फलामकाे पिल्लर र बिममाथि पटाहा र त्यसमाथि तामाकाे छाना राखेर हलेशी मन्दिरकाे दक्षिणतर्फ फराकिलाे र आकर्षक हवन कुण्ड निर्माण गरिएकाे हाे । स्थानीय ६० वर्षीया प्रमिला खत्रीले एकैपटक दुई वटा हवन कुण्डकाे निर्माणले रूद्री लगाउन, लाखबत्ती बाल्न, पूजा, हवनलगायतका कार्य गर्न सुबिधा थपिएकाे बताइन् । ´यसअघि हलेसी महादेव भएकाे गुफाभित्रै रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्नुपर्ने बाध्यता थियाे,उनले भनिन्, ´पछिल्लाे समय हलेसी महादेवकाे दर्शन गर्न आउने भक्तजनकाे संख्या दिन प्रतिदिन बढ्दै गएकाले गुफाभित्र खुट्टा टेक्ने समेत ठाउँ नहुँदा रूद्री लगाउने, लाखबत्ती बाल्ने लगायतकाे पूजापाठ गर्ने अवस्था नभएकाे अवस्थामा हवन कुण्डले ठूलाे सुबिधा थपियाे ।
पूर्वमुख्यमन्त्री कार्कीले हिन्दु, बाैद्ध र किरात तीन वटै समुदायकाे आस्थाकाे केन्द्र हलेशी महादेव भएकाले यसकाे व्यवस्थित विकास आवश्यक भएकाले प्रदेश सरकारले हवन कुण्ड निर्माण गरेर काम अघि बढाएकाे बताएका हुन् । ´त्रीधार्मिक स्थलकाे रूपमा रहेकाे हलेसी महादेवकाे दर्शन गर्न संसारभरिबाट मानिस आउन थालेकाले त्यही हिसाबले संरचनागत विकास पनि आवश्यक भएकाे हाे,उनले भने, ´हलेसी महादेव यस प्रदेशकाे प्रमुख पर्यटकीय स्थल भएकाेले यसकाे व्यवस्थित विकासमा तीन वटै तहका सरकारकाे समन्व्य अपरिहार्य छ ।
हलेसी तुवाचुङ नगर प्रमुख राईले हलेसी पुग्ने सडक संरचनाका साथै पर्यटक आकर्षित गर्ने र सुबिधा हुने संरचनामा निर्माणका लागि माथिल्ला सरकारकाे गम्भीर ध्यानाकर्षण गराइन् । हलेसी महादेवकाे दर्शनका लागि गत आर्थिक वर्षमा एक लाख ८० हजार भक्तजन आएकाे मन्दिर व्यवस्थापन समितिले जनाए । नगर प्रमुख राईले चालू आर्थिक वर्षमा पाँच लाख पर्यटक भित्र्याउनले लक्ष्य रहेकाेले त्यही अनुसारकाे संरचना विकासमा सघाउन प्रदेश र संघ सरकारसँग माग गरिन् ।
काठमाडौं, १४ असार-मदन भण्डारी फाउन्डेशनले नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।जननेता मदनकुमार भण्डारीको ६९ औँ जन्मजयन्ती अवसरमा फाउन्डेशनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको ‘जनताको...
जनकपुरधाम उपमहानगरपालिकाले राहतमा बाँडेको चामल कुहिएको फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-१६ ले सोमबार केही विपन्न घरपरिवारलाई वितरण गरेको चामल ढुसी परेको तथा कुहिएको भेटिएको हो । चामल सडेको कारण अमिलो गन्ध आएको राहत पाउने...
ताप्लेजुङ –पाथीभरा गोल्डकप प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा एलाभेन एरोज क्लब सुनसरी विजयी भएको छ । यूकेएफसी दार्जी्लिङलाई २–० गोल अन्तरले पराजित गर्दै एलाभेन एरोज क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको ५२ औं...
काठमाडौं, २ वैशाख-सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानिय र केन्द्र सरकारले राहतको...
विराटनगर । एसईईमा उत्तीर्ण हुने विद्यार्थीलाई सम्मान गरिएको छ । विराटनगर महानगरपालिकाले हालै प्रकाशित भएको एइइको नतिजामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई बिहीबार सम्मान गरेको हो । ४ जीपीए ल्याउने प्रियंशु राउत, दुर्गेश खर्ग र स्पर्श पोखरेललाई...
विराटनगर, ३२ साउन-जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भित्र थप ७ दिन मानिसको आवागमन नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरेको छ । प्रशासनले यस अघि पनि ५ दिन र ६ दिन गरी दुई पटक लकडाउन गरेको...
काठमाडौं, २९ जेठ-गृह मन्त्रालयले लकडाउन विभिन्न बहाना र माग राखेर अनावश्यक भीडभाड भइरहेको भन्दै त्यस्तो काम रोक्न अनुरोध गरेको छ । आज विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउन आदेशको अवहेलना हुने गरी देखाइएको प्रवृत्तिप्रति गम्भीर ध्यानाकर्षण...
एजेन्सी, फागुन १–फेसबुकको स्वामित्वमा रहेको ह्वाट्सएपका प्रयोगकर्ता २ अर्बभन्दा बढी पुगेको फेसबुकले बुधबार जनाएको छ । मेसेन्जरझैँ सञ्चार सेवा उपलब्ध गराउने ह्वाट्सएपलाई अझ बढी विश्वसनीय र सुरक्षित बनाउन ध्यान दिइने फेसबुकले प्रतिबद्धता व्यक्त गरेको छ...