
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २९ हजार ८ सय जना संक्रमित होम आइसोलेसनमा रहेका छन् भने १४ हजार ६ सय ७६ संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत छन् ।
प्रवक्ता गौतमका अनुसार आज आईसीयूमा उपचार गराउने संक्रमितको संख्या २ सय ६९ रहेको छ । त्यस्तै, ८७ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । अहिले देशभर ४ हजार ६५ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिए ।