लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

 न्यूज विराट
लकडाउनविरुद्ध बन्दुकसहित प्रदर्शन, समर्थनमा ट्रम्पको ट्विट

एजेन्सी, बैशाख ६-अमेरिकाका विभिन्न राज्यहरुमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले लकडाउनको विरोधमा बन्दुकसहित प्रदर्शन गरेका छन् । विशेषगरी डेमोक्रेट पार्टीको शासन रहेका राज्यहरुमा ट्रम्प पक्षधरले प्रदर्शन गरेका छन् । यो प्रदर्शनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले नै समर्थन गरेपछि झनै प्रदर्शनका घटना बढेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन राज्यहरुले लकडाउनका गरेको विरोधमा ट्रम्प समर्थकहरुले बन्दुकसहित सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै प्रदर्शनकारीको माग अनुसार लकडाउन खुकुलो पार्न माग गरेका छन् । उनले मिनेसोटा, मिसिगन तथा भर्जिनिया राज्यमा लकडाउन खुकुलो पार्नुपर्ने ट्विटमा लेखेका छन् ।

लकडाउनका कारण आर्थिक गतिविधि ठप्प भएको र यसले नागरिकहरुलाई झनै समस्यामा पारेको प्रदर्शनकारीको भनाई छ । तर स्वास्थ्य अधिकारीहरुले लकडाउन खुकुलो पारेमा वा हटाएमा थप संक्रमण फैलिनसक्ने चेतावनी दिएका छन् ।

अमेरिकामा बिहीबारमात्रै कोरोना भाइरसका कारण ४ हजार ५ सय ९१ जनाको मृत्यु भएको थियो । अमेरिकामा पछिल्लो २४ घन्टामा २ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म ३६ हजार ७७३ जनाको मृत्यु भइसकेको छ भने ७ लाखभन्दा बढी संक्रमित रहेका छन् ।

मृत्यु र संक्रमितको भयावह तथ्यांक बाहिर आइरहेका बेला अमेरिकाको मिसिगन, ओहायो, नर्थ क्यारोलिना, मिनेसोटा, उटा, भर्जिनिया र केन्टुकीमा प्रदर्शन भएको हो ।

राष्ट्रपछि ट्रम्पले आफ्नो ट्विटमा डेमोक्रेटको शासन रहेका राज्यको मात्रै नाम उल्लेख गरेका छन् । प्रदर्शन भएकामध्ये रिपब्लिकन पार्टीको शासन रहेको ओहायो र उटाको नाम ट्रम्पको ट्विटमा उल्लेख छैन । यी दुवै रिपब्लिकन पार्टीको शासन भएका राज्य हुन् । राष्ट्रपति ट्रम्पले लकडाउन खुला गर्ने तीन चरणका योजना सार्वजनिक गरेलगत्तै यस्ता प्रदर्शन भएका हुन् ।

सम्बन्धित समाचार

एसईई परीक्षाको मिति तोकिएको हल्ला मात्रै

काठमाडौं, १९ चैत-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नयाँ मिति नतोकिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।सामाजिक सञ्जालमा १०, ११ र १२ कक्षाको परीक्षाको मिति तोकिएको भन्दै फेक विज्ञप्ति भाइरल भएपछि कार्यालयले परीक्षाको मिति नतोकिएको...

प्रदेश १ः सुनसरी ३२ गते सम्म निषेधित क्षेत्र

विराटनगर, साउन २५–सुनसरीमा तोकिएको निषेधित क्षेत्रको अवधि थप ६ दिन बढाइएको छ । २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राती सकिनेमा जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ दिन थप गर्दै अब ३२ गते सम्म कायम...

उपत्यकामा आज ८०९ जनामा कोरोना संक्रमण

काठमाडौं, १५ मंसिर-काठमाडौं उपत्यकामा आज ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये ४ सय ४८ पुरुष र ३ सय ६१ महिला हुन् । आज काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा...

हजुरआमाको हत्या गरेको आरोपमा नाती पक्राउ

विराटनगर, १२ जेठ । उदयपुरको कटारी नगरपालिका-७ रिस्कुकी ७० बर्षीया मनमाया दनुवारको हत्या आरोपमा उनकै २६ बर्षीय नाती रोहित दनुवारलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान ६ बजे हजुरआमा र नाती बिच जग्गा अंश...

प्रदेश १ मा आज ६४ संक्रमित थपिए

विराटनगर, ८ भदौ–प्रदेश १ मा सोमबार ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ महिला र ४० पुरुषमा कोरोना पुष्टि भएको हो । मोरङका २९, सुनसरीका १९, झापाका ५, धनकुटाका २, संखुवासभाका एक र...

सनसिटीमा कोरोना परीक्षण : २ सय ९८ जनाको आरडीटी नेगेटिभ

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस (कोभिड-१९) परीक्षण गर्दा २ सय ९८ जनाको नेगेटिभ आएको छ । सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका २ जनामा मंगलबार कोभिड–१९ संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा...

लकडाउनका बेला हुण्डी कारोबार, २४ लाख रुपैयाँसहित २ जना पक्राउ

काठमाडौं, २० वैशाखलकडाउनका बेला हुण्डी कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-१३ टंकेश्वर ‍र काठमाडौं महानगरपालिका-१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरिएको प्रहरीले...

मिस्टर एण्ड मिस राजवंशी हुने, पहिलो अडिसन फागुन ९ गते

विराटनगर । विराट राजवंशी प्रगतिशील विकास समाज समितिको आयोजनामा विराटनगरमा मिस्टर एण्ड मिस विराट राजवंशी–२०७९ प्रतियोगिता हुने भएको छ । आयोजक समितिले आईतबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको पहिलो अडिसन फागुन ९ गते हुने जानकारी गराएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्