आज १९४५ संक्रमित थपिए, ५३६४ जना डिस्चार्ज - News Birat

आज १९४५ संक्रमित थपिए, ५३६४ जना डिस्चार्ज

न्यूज विराट

काठमाडौं, ५ मंसिर-गत २४ घण्टामा देशभर १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २ सय ५ पुरुष र ७ सय ४० महिला हुन् । योसहित संक्रमितको कुल संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ ।

त्यस्तै, शुक्रबार ५ हजार २ सय ६५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ । आज देशभर २२ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुगेको छ । आज १० हजार ३ सय ४० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles