प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

 न्यूज विराट
प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

मुख्यमन्त्री कार्कीले प्रदेश संरचनामा प्रहरी नपरेको बताउदै प्रदेश सरकारले समन्वय गरेर अगाडि बढीरहेको बताए । ‘अहिले पनि प्रहरी समायोजनको काम अगाडि बढेको छैन,’ उलने भने,‘ प्रधानमन्त्री ज्युलाई भेटेर कुरा राख्दा चाडै समायोजन प्रक्रिया अगाडि बड्छ भन्ने आश्वासन पाएका छौँ । ’

प्रहरीको दर्दनाक अवस्था रहेको बताउदै मुख्यमन्त्री कार्कीले कतिपय ठाउँमा अपराधी बाइक, कारमा हिड्ने र प्रहरी साइकल ,मोटरसाइकलमा हिड्नु पर्ने अवस्था रहेको बताए । ‘प्रहरीका सवारी साधन ,स्रोत पर्याप्त नभएको अवस्था छ,’ उनले भने, ‘प्रदेशले बजेट बनाउदा प्रहरीलाई केही गर्न सक्ने अवस्था छैन । समन्वय मात्र गर्ने हो ।’ विपद ब्यबस्थापनमा नेपाली सेना ,शसस्त्र र प्रहरीले धेरै राम्रो काम गरेको उल्लेख गर्दै उनले प्रदेश सरकारले पनि विपद निति तयार पारेको बताए ।
कोरोनाको कारणले गर्दा भवन निर्माण ढिलो भएको बदाउदै उनले आगामी दिनमा भवन निर्माण गर्दा तोकिएको समयमा नै सम्पन्न गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जाड दिए ।

२०७५–०७६ को बजेटमा प्रदेश प्रहरी कार्यालय सहित ५४ वटा भवन निर्माण गर्ने बजेट बिनियोजन गरेको बताउदै उनले भने, ‘आजको मितिसम्ममा धेरै सुबिधा सम्पन्न भवन बनिसकेका छन् ।’
कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी राजेशनाथ बास्तोलले सुविधा सम्पन्न भवनबाट प्रहरीले शान्ति सुरक्षामा कठिबद्ध भएर लागि पर्ने बताए । प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई छिटो र छिरीतो तरिकाले सेवा प्रभाह गर्नुपर्नेमा जोड दिए । ‘पिढामा परेका व्यक्तिलाई थप पिडा दिनु हुदैन,’ उनले भने, ‘त्यस्ता सेवाग्राहीको प्राथामिकतामा राखेर सेवा दिनु प्रहरीको कर्तब्य हो ।’

उद्धघाटन कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाई, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, मोरङ जिल्लाका सुरक्षा निकायका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा पाँच जना पक्राउ

विराटनगर । दुर्घटनापछि यात्रुबहाक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका – ३ नयाँ मंगलबारे सडक खण्डमा यात्रुबाहक बसमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई शनिबार पक्राउ गरेको...

पूर्वाञ्चल विश्वविद्यालयबाट साढे ६ हजार विद्यार्थी दीक्षित

विराटनगर । पूर्वाचल विश्वविद्यालयले आफ्नो एघारौं दीक्षान्त समारोह मनाएको छ। विश्वविद्यालयका कूलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा सम्पन्न दीक्षान्त समारोहमा ६ हजार ५१३ जना विद्यार्थीलाई दीक्षित गरिएको छ। विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको मोरङ गोठगाँउमा...

४१ करोड लगानीमा नमस्ते पे : इन्टरनेटदेखि विद्युत र पानीसम्मकाे बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २९ भदौ । सरकारी दूर-सञ्चार सेवाप्रदायक नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको सह लगानीमा मंगलबार नमस्ते पे सञ्चालनमा ल्याइएको छ । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले आजदेखि नमस्ते पे औपचारिक रुपमा सञ्चालनमा ल्याइएको जानकारी...

रासायनिक प्लान्टबाट ग्यास चुहिँदा भारतमा ८ जनाको मृत्यु

एजेन्सी, बैशाख २५-भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको एक रासायनिक प्लान्टबाट ग्यास लिक हुँदा ८ जनाको मृत्यु भएको छ भने सयौँ बिरामी भएका छन् । रासायनिक प्लान्टबाट ग्यास लिक भएपछि सो क्षेत्रमा भागदौड मच्चिएको छ ।...

विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण

विराटनगर, असार १२-विराटनगरमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० पुगेको छ । संक्रमितमध्ये ४ जना उपचारपछि घर फर्किएका छन् । विराटनगर–६ का ३१ वर्र्षीय पुरुष र विराटनगर६ कै २१ वर्षीया महिलामा कोरोना...

देउवा निवास अगाडि प्रमुख सचेतक कार्कीको नेतृत्वमा प्रदर्शन

विराटनगर, २८ साउन । विधि सम्मत ढंगले तोकिएकै समयमा महाधिवेशन गर्न र फर्जी क्रियाशील सदस्य खारेजीको माग गर्दे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास अघिल्तिर युवा कांग्रेस नेता विद्यार्थीले प्रदर्शन गरेका छन् । युवाको नेतृत्व १...

लोकतन्त्रको हत्या गर्ने चुनाव चाहिँदैन : नारायणकाजी श्रेष्ठ

नेकपाको सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले अलोकतान्त्रिक चुनाव अस्वीकार गर्ने बताए । नेकपाको विरोधसभामा बोल्दै श्रेष्ठले संविधानलाई घात गर्ने चुनाव आफूहरूले ध्वस्त बनाइदिने दाबी पनि गरे । श्रेष्ठले भने, ‘हामीलाई संविधानलाई घात गर्ने चुनाव चाहिएको छैन,...

अप्राकृतिक गठबन्धन छाडेर एक्लै चुनावमा जाऊँ:शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले हाल जारी गठबन्धनलाई अप्राकृतिक भन्दै एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आफ्नो मन्तव्य राख्दै उनले एक्लै चुनावमा जानु पर्नेमा जोड दिएका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्