तेली कल्याणद्धारा निः शुल्क शिविर, १४० जनाले गराए परीक्षण
शनिबार, १२ साउन, २०८१,
न्यूज विराट
विराटनगर । तेली कल्याण समाज नेपाल महानगर समितिले विराटनगरमा निःशुल्क उच्च रक्तचाप र थाईराइडको परीक्षण गरेको छ । विराटनगर ८ अशोक चौकमा शनिबार निःशुल्क उच्चरक्तचाप र थाईराइड परीक्षणको जाँच गरेको हो । शिविरमा जम्मा ६२ जनाको थाइराइड परिक्षणको लागि रगत संकलन भएको समाजका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए । ७८ जनाको रक्तचाप परीक्षण गरेका छन् । कार्यक्रममा समाजका वडा ८ का अध्यक्ष अलिपन साह (सुरज) आफैले रक्तचाप परिक्षण गरेका थिए । कार्यक्रममा शिफा पोलिक्लिनिक र म्याकलिओडस फर्मास्युटिकल्स इन्डियाको प्राविधिक सहयोग रहेको थियो । कार्यक्रममा विराटनगर महानगरपालिका अध्यक्ष संजय कुमार साह, सचिव जगत लाल साह, नगर सदस्य ललित कुमार साह,शिक्षा समिति सहसंयोजक चन्द्र प्रसाद साह लगायत समाजका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
विराटनगर, २ भदौ । विराटनगरको ऐतिहाँसिक राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथयात्रा निकाल्नका लागि सम्पूर्ण तायारी अन्तिम चरणमा पुगेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । आज विहान मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज...
विराटगगर । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेको विराटनगर–१९ स्थित बैजनाथपुर अस्पतालमा बर्थिङ सेन्टर (प्रसूति सेवा) सुचारु भएको छ । मंगलबार एक समारोहका बीच बर्थिङ सेन्टरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । अब बैजनाथपुर अस्पतालबाटै प्रसूति...
काठमाडौं, २७ साउन । प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थीले कोभिड-१९ विरुद्धको खोप प्राप्त गर्ने भएका छन् । संयुक्त विद्यार्थी संगठनले परिक्षार्थीलाई अनिवार्यरुपमा खोपको व्यवस्था गर्न माग गरेपछि स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो । खोप महाशाखा...
एजेन्सी, जेठ २२-नेपाल र भारतबीच पछिल्लो समयमा सीमा विवाद उत्कर्षमा छ । दक्षिण एसियामा भारत एकैपकट नेपाल, पाकिस्तान र चीनसँग सीमा विवादमा अल्झिएको छ भने बंगलादेशसँग सीमा विवाद पुरानै समस्या हो । यस्तो अवस्थामा भारतका...
काठमाडौं, ३ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याबारे दिएको अभिव्यक्तिलाई लिएर नेपालीमाथि दुर्व्यवहार गर्ने १ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको वाराणसी (बनारस) प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्तोष पाण्डे रहेका छन् । विश्व...
काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको...
काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका शीर्ष नेताहरूसँगको परामर्शपछि माओवादी केन्द्रको भागमा परेका पाँच सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन्...
काठमाडौं, ७ कात्तिक-नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा...