नवरात्रको सातौँ दिन कालरात्रिको पूजा आराधना गरिँदै

 न्यूज विराट
नवरात्रको सातौँ दिन कालरात्रिको पूजा आराधना गरिँदै

काठमाडौं,  ७ कात्तिक-नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । 

नवरात्रको पहिलो दिन १ कात्तिकमा दसैंघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो ।

दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघण्टा देवी, चौथो दिन कुष्माण्डा देवी, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् ।

प्राणीमात्रलाई कालले नष्ट गर्दछ । त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ । यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ । कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरे पनि यसवर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले धेरै मन्दिर बन्द छन् । भौतिक दूरी अपनाएर स्वास्थ्य सुरक्षाका विधिसहित केही मन्दिर भने खुला गरिएको छ । जहाँ भक्तजन पुग्ने गरेका छन् ।

कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका विधि अपनाएर मात्र मठमन्दिर जान, खानपिन गरी दशैँ, तिहारजस्ता चाडपर्व मनाउन तीनै तहका सरकारले आह्वान गरेका छन् ।

दशैँको मुख्य दिन नजिकिँदै जाँदा कोरोना भाइरसबाट सङ्क्रमित हुने पनि बढिरहेकाले प्रत्येक व्यक्तिले सचेतता अपनाउनु जरुरी छ । नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दशैँ घरमा फूलपाती पनि भित्र्याइँदै छ । फूलपाती अपराह्न भित्र्याउने वैदिक विधि छ ।

सम्बन्धित समाचार

भारतसँगको सीमा नाकाबाट हुलका हुल नेपाल भित्रिँदै

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि विभिन्न कामले त्यहाँ रहेका नेपाली हुलका हुल स्वदेश फर्किन थालेका छन्। कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट शनिबार १० हजारभन्दा बढी नेपाली फर्किएका छन्। बाँकेको जमुनाहा नाका हुँदै शनिबार २० हजारले...

एसईईको प्रश्नपत्र नष्ट गरिने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र नष्ट गरिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र नष्ट गर्ने निर्णय गरेको हो । गत ६ चैतका लागि तोकिएको परीक्षा कोभिडका कारण स्थगित गरिएको थियो । बोर्डका सदस्य-सचिव दुर्गा अर्यालले...

आजदेखि ४ दिन भारी वर्षाको सम्भावना

काठमाडौं, १२ साउन-नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो ४ दिनसम्म मौसम नखुल्ने भएको छ । मौसमविद्का अनुसार अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि अझै ४ दिन मौसम नखुल्ने भएको हो ।...

राखेपको बोर्ड सदस्यमा ६ जना मनोनीत

काठमाडौं, १५ साउन-राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा ६ जना मनोनीत भएका छन् । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रका विभिन्न सङ्गठनमा रहेर काम गरिसकेका ६ जनालाई बोर्डमा नियुक्त गरेका हुन् । रिम रानाभाट,...

रंगेली नगरपालिकाका मेयर बगडीयालाई कोरोना संक्रमण

विराटनगर, १०-कात्तिकमोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार बिहान मेयर बगडीयालाई कोरोना पुष्टि भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि आइतबार उनाले विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए...

लगानी बोर्डबाट १ खर्ब ८५ अर्ब बढीका ७ परियोजना स्वीकृत

काठमाडौं, ६ असार-लगानी बोर्डले एक खर्ब ८५ अर्ब ४३ करोड बराबरका ७ वटा परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार सम्पन्न बोर्डको ४४औँ बैठकले ५ वटा जलविद्युत् परियोजना र २...

जीवनोपयोगी शिक्षा दिनुपर्नेमा प्रधानमन्त्रीको जोड

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वविद्यालयहरूले जीवनोपयोगी र गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताएका छन् । पुर्वाचल विश्व बिद्यालयको ११ औं दिक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।उनले विश्वविद्यालय र शैक्षिक...

‘सबैको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधार तयार छ’

काठमाडौं, ४ कात्तिक-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् ।  मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्