राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार

 न्यूज विराट
राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रले टुंग्यायो उम्मेदवार

काठमाडौं, २० पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यका उम्मेदवारको नाम टुंगो लगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रका शीर्ष नेताहरूसँगको परामर्शपछि माओवादी केन्द्रको भागमा परेका पाँच सिटका लागि उम्मेदवारको नाम टुंगो लगाएका हुन् ।

माओवादी केन्द्रले प्रदेश २ उर्मिला अर्याल, गण्डकीमा सुरेश आले मगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिम प्रदेशमा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारि दिए ।

यसअघि सोमबार बसेको माओवादीको नवनिर्वाचित केन्द्रीय समितिको बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार छान्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

१२ माघमा हुने राष्ट्रियसभाको निर्वाचनका लागि मंगलबार (आज) उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समयावधि तोकेको छ ।

सम्बन्धित समाचार

उत्तरी सिक्किमस्थित दुई देशीय सीमानामा भारत र चीनका सैनिकबीच झडप

काठमाडौं, २८ वैशाख-भारत र चीनका सैनिकबीच झडप भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार उत्तरी सिक्किमकाे नाकु ला क्षेत्रस्थित दुई देशीय सीमाना खटिएका २ देशका सैनिकबीच झडप भएकाे हाे ।  झडपमा ७ चिनियाँसहित ४ भारतीय सैनिक...

सभापति देउवाद्वारा प्रदर्शनमा सहभागी बन्न अपिल

काठमाडौँ, ११ पुस-नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गर्नुभएको छ । कांग्रेसले संसद् विघटनविरुद्ध...

प्रधानमन्त्री ओली र डा. केसी पनि कन्ट्याक्ट ट्रेसिङमा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएसँगै प्रधानमन्त्री केपी ओली र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । १९ औं पटक अनशन बसेका डा. केसीको वार्तामा...

त्रिशूली सङ्लिएपछि

धादिङ, २ वैशाख-त्रिशूली सङ्लिएपछि नदीतर्फ मानिसको आकर्षण बढेको छ । कोभिड –१९ बाट बचाउन गरिएको बन्दाबन्दीपछि पर्यटकीय नदी त्रिशूली कञ्चन सङ्लो भएको छ । धमिलो भएर पर्यटक आउन छाडेको नदी नीलो देखिन थालेको छ ।...

भक्तपुरकी कोरोना संक्रमित महिला स्टाफ नर्स

काठमाडौं, ३१ वैशाख-भक्तपुरमा मंगलबार कोरोना संक्रमण पुष्टि भएका २ जनामध्ये २५ वर्षीया महिला स्टाफ नर्स रहेको खुलेको छ । उनी ललितपुरकाे १ निजी अस्पतालमा काम गर्थिन् । मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि उनी हिजै राती...

रौतहटमा एकै वडाका ७ जनामा कोरोना संक्रमण 

काठमाडौं, ४ जेठ-आज बिहान कोरोना संक्रमण पुष्टि भएका रौतहटका १० मध्ये ७ जना एकै वडाका बासिन्दा रहेको खुलेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पुष्टि भएकामध्ये ७ जना रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का...

वीपीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

विराटनगर, ६ भदौ–सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका एक कोरोना संक्रमितको शनिबार मृत्यु भएको छ । धरान १५ निवास ६७ वर्षीय वृद्धको प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार दिउँसो निधन भएको हो । स्वास्थ्य...

राज्यले खेलकुद क्षेत्रलाई उपेक्षा गरो : सदस्यसचिव वाग्ले

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव हंसराज वाग्लेले सरकारले खेलकुदलाई प्राथमिकतामा राख्न नसक्दा यस क्षेत्रको सोचेजस्तो विकास हुन नसेको बताएका छन् ।विराटनगरमा कोसी प्रदेश बास्केटबल संघको प्रथम साधारण सभा उद्घाटन गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्