योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन - News Birat

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको कोरोना संक्रमणबाट निधन

न्यूज विराट

काठमाडौं, ११ मंसिर-राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना संक्रमणबाट निधन भएको छ। ७६ वर्षीय शाक्यको बिहीबार विहान ४ बजे काठमाडौंको मेडिसिटी अस्पतालमा निधन भएको हो । अस्पतालकी जनसम्पर्क अधिकृत मनिता पोखरेलका अनुसार उनको दुई दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । शाक्य खिलराज रेग्मी अध्यक्ष रहेको चुनावी सरकारमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए। शाक्यका श्रीमती, तीन छोरा र एक छोरी छन्।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles