कोशी प्रदेश टप गर्ने विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

 न्यूज विराट
कोशी प्रदेश टप गर्ने विद्यार्थीलाई हिमालय दर्शन कलेजको सम्मान

विराटनगर । विएचएम चौथो सेमेस्टरको परीक्षामा कोशी प्रदेश टप गर्ने विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा अध्ययरत विद्यार्थीलाई सम्मान गरिएको छ ।

कोशी प्रदेशबाट उत्कृष्ट नतिजा ल्याउने राम कृष्ण खत्री क्षत्री र प्रदेशमै दोस्रो नतिजा ल्याउने आदित्य चाम्लिङ राईसहित ८ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो ।

उनीहरुलाई कलेजले आइतबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।
विएचएम चौथो सेमेस्टरको त्रिविले हालै प्रकाशित गरेको परीक्षाफलमा ३.९५ जिपिए ल्याई कोशी प्रदेशमै टप क्षेत्रीले र ३.९२ जिपिए ल्याई कोशी प्रदेशमै दोस्रो हुन सफल राई रहेको कलेजले दाबी गरेको छ । यसैगरी उत्कृष्ट नतिजा ल्याउने अमन साह, निशु गौतम, कृतिका थापा, संजित थापा,सुमन भुजेल र प्रमोद कुमार पोखरेललाई पनि कलेजले सम्मान गरेको छ ।
सम्मानित उत्कृष्ट परीक्षाफल ल्याउने विद्यार्थीलाई कलेजले नियमानुसार छात्रवृति समेत दिने क्याम्पस प्रमुख भरत सापकोटाले जानकारी दिए ।


सम्मानित विद्यार्थीलाई कलेजका डाइरेक्टर शैलेन्द्र सिवाकोटी र भेषराज पोखरेल, को अर्डिनेटर भुपाल मिश्र, सुमित साह, कुशल निरौला र अन्जु भुजेल लगायत शिक्षकहरुले समेत सम्मान गरेका थिए ।

कोशी प्रदेशमै यस कलेज विएचएम, विआइएम, बिसिए, वियससि÷सियसआइटी.र विवियस अध्ययन हुने गरेको छ । गुणस्तरीय शिक्षासँगै रोजगारमुखि शिक्षा प्रदान गरेपछि हिमालय दर्शन कलेज विद्यार्थीको रोजाइमा पर्दै आएको छ ।
सोही अवसरमा बिएचएम अध्ययन गर्दै आएका विद्यार्थीहरुले आइतबार फुट टेस्ट कार्यक्रम पनि आयोजना गरेको छ । बिएचएम चौस्था सेमिस्टरका विद्यार्थीहरुले बनाएको फुट टेस्ट अतिथिहरुलाई चखाएका थिए ।

सम्बन्धित समाचार

भारतमा ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन डब्लूएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) की दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन् । उनले विज्ञप्ति जारी गर्दै भनेकी छन्, 'यसले सबै देशलाई निगरानी बढाउन,...

निजी पेट्रोल पम्पलाई हप्तामा १ पटक मात्र आपूर्ति

काठमाडौं, ४ वैशाख-लकडाउनका कारण पेट्रोलियम पदार्थको कारोबार घटेपछि नेपाल आयल निगमले निजी क्षेत्रका बिक्रेतालाई हप्तामा १ पटक मात्र आपूर्तिको व्यवस्था गर्ने भएको छ । पेट्रोलियम पदार्थको कारोबार जम्मा ३० प्रतिशतमा झरेपछि सहकारी तथा सरकारी क्षेत्रबाट...

मलाई मत नदिने अमेरिकीका लागि पनि मेहनतसाथ काम गर्नेछु : बाइडेन

एजेन्सी, २३ कात्तिक-अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले पहिलो पटक देशबासीका नाममा सम्बोधन गरेका छन् । बाइडेले आइतबार देशबासीलाई सम्बोधन गर्दै आफूलाई विश्वास गरेर निर्वाचित गराएकोमा खुसी व्यक्त गर्दै आफू तोड्ने नभएर अमेरिकीलाई जोड्ने राष्ट्रपति...

समाद–२ गिती भिडियो एल्बम विराटनगरमा लोकार्पण

विराटनगर, २४ माघ । राजवंशी चलचित्रकर्मी समाद समितिले समाद–२ नामक गिती भिडियो एल्बम लोकार्पण गरेको छ । विराटनगरमा शनिबार आयोजित कार्यक्रमकाबीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले समाद २ को लोकार्पण गरे । समाद समितिले निर्माण...

नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो । नाट्टा कोशी प्रदेश...

कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए

सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो । लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय...

फरार कैदी समात्ने प्रहरी निरीक्षक प्रकाश थापासहित चार प्रहरी पुरस्कृत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट फरार भएका कैदी पक्राउ गर्ने चार जना प्रहरी पुरस्कृत भएका छन् । इलका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापासहित चार जना प्रहरीलाई मोरङ प्रहरीले नगदसहित पुरस्कृत गरेको हो...

२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २८ कात्तिक-नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमितको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्