नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

 न्यूज विराट
नाट्टाको सातौं अधिवेशन विराटनगरमा हुने

विराटनगर । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा ) कोशी प्रदेशको सातौ अधिवेशन विराटनगरमा हुने भएको छ । आगामी भदौं २ गते शनिबार विराटनगरस्थित होटल एशियाटिकमा हुने भएको हो ।

नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकले विराटनगरमा नाट्टाको सातौं अधिवेशन गर्ने निर्णाय भएको वरिष्ठ उपाध्यक्ष पुण्य भट्टराईले जानकारी दिए । सातौ अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

सातौं अधिवेशन तयारीको काम तीब्ररुपमा भईरहेको नाट्टाका वरिष्ठ उपाध्यक्ष भट्टराईले जानकारी दिए । ‘भव्य सभ्य तरिकाले सम्मेलन गर्न हामी लागि परेका छौं,’ उनले भने, ‘अहिले तयारी तिव्र भइरहेको छ ।’
नाट्टाको बैठकमा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा भएको ट्राभल एजेन्सी दर्ता शुल्क ५ लाख रुपैयाँबाट घटाएर १ लाख रुपैयाँ बनाएको, भारतका ८० भन्दा बढी ट्राभल व्यवसायीलाई सहभागी गराएर मेचीनगरमा पर्यटन सम्बन्धी कार्यक्रम गरेको, नेपालका २० भन्दा बढी पर्यटन व्यवसायीको साथमा भारतको सिलीगुडी, गुवाहाटी, र शिलोङ तथा ‘नर्थ इष्ट सेल्स मिसन ’ सम्पन्न गरिएको , बिर्तामोर्डमा हस्पिटल र पर्यटन व्यवसायीहरुको ५० भन्दा बढी स्टल सहित ‘हेल्थ टुरिजन मार्ट’ सम्पन्नलगायतका थुप्रै कार्यक्रम गरिएको जानकारी गराएको छ ।
कोशीमा नाट्टामा आवद्ध ६० जना सदस्य रहेका छन् ।

सम्बन्धित समाचार

मोरङको कटहरीमा दुर्घटना, हुलाकका कर्मचारीको मृत्यु

विराटनगर । मोरङको कटहरिमा सवारी दुर्घटनामा परेर हुलाकका कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाइकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ बर्सिया चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले...

लागुऔषध सहित मोरङ र झापाबाट पाँच जना पक्राउ

विराटनगर । मोरङ र झापाबाट लागूऔधषसहित पाँच जनलाई प्रहरीले पक्राउ गरेको छ । झापाबाट तीन र मोरङबाट दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो । झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध...

फर्मासिस्ट दरबन्दी सृजना गर्न लागि पर्नेछु : स्वास्थ्य सचिब देवकोटा

विराटनगर । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले फर्मासिस्टको दरबन्दी सृजना गर्न पहल गर्ने बताएकी छिन् । नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवर पारेर आयोजना गरिएको कार्यक्रममा...

पहिचानको आन्दोलन एमालेप्रतिमात्र लक्षित भयो : मुख्यमन्त्री

विराटनगर । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीय सरकारको नेतृत्व गरेकै दलले प्रदेश नामकरणको विपक्षमा भएको आन्दोलनलाई उक्साइरहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनले कोशीमा समस्या उत्पन्न गराउने र आगोमा घिउ थप्ने...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्