कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए

 न्यूज विराट
कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए

सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो ।

लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवक १६ दिन अस्पताल बसेपछि उनी कोरोनालाई जितेर घर फर्केका हुन् । भारतबाट आएका उनलाई चैत २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

सेती प्रादेशिक अस्पतालमा अन्य ४ जना संक्रमितको उपचार जारी छ । धनगढी उप–महानगरपालिका-५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो र लम्की चुहा नगरपालिका-१ कि ६५ वर्षीया महिलाको दोस्रो रिपोर्ट पोजेटिभ आएको उपचारमा संलग्न सेती अस्पतालका आकस्मिक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए ।

सुदूरपश्चिममा पछिल्लो सात दिनयता कोरोना संक्रमितको संख्या स्थिर छ । संक्रमितको स्वास्थ्य अवस्था पनि सामान्य रहेको चिकित्सकहरूले बताएका छन् ।

सम्बन्धित समाचार

बालुवाटारमा प्रधानमन्त्री र ‘प्रचण्ड’बीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता जारी छ ।प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड शनिबार अपरान्ह ४ बजेतिर पुगेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । भेटमा कोरोना भाइरसपछिको संकटको अवस्था, लकडाउनका...

तस्करीको कपडासहित चार जना पक्राउ

विराटनगर । भारतदेखि अवैध रूपमा चोरी तस्करी गरी कपडा ल्याउने चार जना पक्राउ परेका छन् । इलका प्रहरी कार्यालय रानी विराटनगरले तस्करीको कपडासहित सोमबार चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १५...

सरकारले भारतबाट नेपाल आउने आधिकारिक नाका तोक्यो

काठमाडौं, १६ जेठ-सरकारले भारतबाट नेपाल फर्काउन १८ भन्दा बढी नाका तोकेको छ । शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतमा रहेका नेपाली नागरिकलाई ल्याउन देशका विभिन्न नाकाहरूलाई आधिकारिक रूपमा तोकेको हो ।...

विवाद बढेपछि नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, २४ वैशाख-सचिवालय बैठकमा नेताहरूको मत नमिलेपछि भोलिका लागि तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । गत शनिबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी कमिटीको बैठक तय गरेको थियो...

रानी मिनी महोत्सवमा बुधबार भोजपुरी गायक सुमित पन्डितको प्रस्तुती

विराटनगर । विराटनगरमा जारी रानी मिनी महोत्सवमा भोजपुरी गायक सुमित पन्डितको धमकेदार प्रस्तुती हुने भएको छ । भोली बधुबार साझमा भोजपुरी गायक पन्डितको प्रस्तुती रहने विक्की भगतले जानकारी दिए । गायक पन्डितको चर्चित भोजपुरी गीतहरु...

विराटनगरको अरनीको स्कुल देशभरीमै टप ट्वान्टीमा पर्न सफल

विराटनगर । विराटनगरस्थित अरनिको आवासीय सेकेण्डरी स्कुल देशभरीको टप ट्वान्टी भित्र पर्न सफल भएको छ । जुकेशन समाचारले गरेको सर्वेक्षण अनुसार अरनिको स्कुल देशभरीको ‘टप थटीन’ भित्र पर्न सफल भएको हो । एजुकेशन समाचारले हालै...

रुसमा १ लाखभन्दा बढी नागरिकले लगाए कोरोना खोप

एजेन्सी, १९ मंसिर–रुसमा एक लाखभन्दा बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप...

चुच्चे नक्सा र उत्तरी नाका खोलेवापत मलाई हटाइयो:ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको बताएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको स्मरण गर्दै ओलीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्