२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि - News Birat

२४ घण्टामा २१११ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज विराट
काठमाडौं, २८ कात्तिक-नेपालमा शुक्रबार थप २ हजारभन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । यी मध्ये ३७ हजार २२ जना सक्रिय संक्रमित छन् । १ लाख ६८ हजार १२९ जना निको भएका छन् । आज मात्रै ३ हजार ५३७ जना निको भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म १५ लाख ९३ हजार ८५० जनाको पीसीआर परीक्षण गरिएको छ । ९ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles