रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सकियो, असोज २ कृषि एक्स्पो गर्ने तयारी
शुक्रबार, ०७ असार, २०८१,
न्यूज विराट
विराटनगर । प्रदेशका जिल्ला नगर उद्योग वाणिज्य संघहरूलाई रणनीतिक योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा आध्यन्त फन्ड म्यानेजमेन्ट लि. र नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को सहकार्यमा उक्त कार्यशाला गोष्ठी भएको हो ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रणनीतिक योजना निर्माणको लागि प्रदेशका उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धि गर्न महासंघ कोशीले कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष राउतले विश्वव्यापीकरण र प्रविधिको विस्तारले औद्योगिक संघ संस्थाहरूको राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा सघन विस्तार भइरहेको अवस्थामा रणनीतिक योजनाको आवश्यकता महशुस गरी महासंघले यो कार्यक्रम आयोजना गरेको बताए । कार्यक्रममा आध्यान्त फन्ड म्यानेजमेन्टका सहजकर्ता दिलीप गुरुङ र निश्चल सिंह भण्डारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा व्यापार सहजीकरण सेवा सम्बन्धि कार्यशाला पनि संचालन गरिएको थियो । कार्यशाला गोष्ठीमा संगठनको सांगठनिक संरचना र व्यापार सहजीकरणमा समुहगत रुपमा छलफल गरिएको थियो । छलफलमा भागलिदै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईले प्रविधिमैत्री जनशक्ति र उद्यमशीलतालाई रणनीतिले प्राथमिकतामा राख्नुपर्ने बताए । गौरादह उद्योग वाणिज्य संघका जीतबहादुर कार्कीले महासंघ कोशी प्रदेश सम्पूर्ण उद्योग वाणिज्य संघहरुको छाता संगठनको रुपमा रहनुपर्ने बताउदै व्यापार सहजीकरण सेवा पनि महासंघ कोशीबाटै संचालन हुनुपर्ने बताए । उद्योग संगठन मोरंगका उपाध्यक्ष भोलेश्वर दुलालले व्यवसायीक रणनीति निर्माण गर्दा अरुभन्दा फरक ढंगले गर्न सकिए सफलता प्राप्त गर्न सकिने बताए । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले संस्थागत रणनीति निर्माण गर्दा व्यवस्थित सचिवालय, हेल्प डेस्क, तथा तथ्यांकहरुलाई प्राथमिकतामा राखेर निर्माण गर्नुपर्ने बताए । सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले रणनीति निर्माण गर्दा नवप्रवर्तनलाई प्राथमिकतामा राख्नुपर्ने बताए । कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराज ढकालले चिया र यसको वर्तमान व्यवसायिक अवस्थाको बारेमा जानकारी गराए ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौ कार्यसमिति बैठक अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसी अहिलेसम्म संचालन गरिएका कार्यक्रमहरुको बारेमा समिक्षा गरिएको थियो भने आगामी असोज २ देखि ६ गते सम्म कटहरी, मोरंगमा रहेको कृषि बजारमा कृषि एक्स्पोको आयोजना गर्ने निर्णय गरिएको थियो । कार्यसमितिको बैठक पश्चात भएको रणनीतिक योजना कार्यशाला गोष्ठीमा कोशी प्रदेश अन्तरगतका जिल्ला नगर उद्योग वाणिज्य संघका अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु गरी ५० जनाको सहभागिता रहेको थियो । रणनीतिक योजना कार्यशाला गोष्ठि असार ८ गते सम्म संचालन गरिने छ ।
काठमाडौं, ८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ । स्थानीय चुनाव समयमै नगर्ने मनसायका साथ छलफल गर्न डाकिएको बैठकमा एमाले सहभागी नहुने उपमहासचिव...
विराटनगर, साउन १९–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा सांसद शिवकुमार मण्डलले भारतले अतिक्रमण गरेको लिपुलेक–लिम्पियाधुरासहितको भुभाग समेटेर नक्सा जारी गर्न अन्य नेताहरुको पनि महत्वपूर्ण भुमिका रहेको बताएका छन् । प्रचण्ड पक्षिय नेताका रुपमा...
विराटनगर, १४ भदौ–प्रदेश १ मा आइतबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४५, सुनसरीमा ३७, झापामा ९, संखुवासभामा २, प्रदेश १ बारिहका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज...
विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई...
विराटनगर, १६ कात्तिक । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री राईलाई पद तथा गोपनीयताको शपथ...
सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...
नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् । आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट...
जनकपुरधाम, पुस २४–प्रदेश २ सरकारले माघ ५ गते वीरगंजमा बलिदानी दिवस बनाउने निर्णय गरेको छ । मधेस आन्दोलनका क्रममा शहादत प्राप्त सहिदहरुको सम्झनामा यस वर्षको बलिदानी दिवस वीरगंजमा मनाउने निर्णय भएको हो । बिहीबार बसेको...