
मोरङ कारागारमा एक जना कैदीको मृत्यु
विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको आइतबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए ।...
विराटनगर । प्रतिष्ठित उद्योगी एवं समाजसेवी दीनबन्धु गोयललाई उत्कृष्ट नागरिक घोषणा गर्दै अभिनन्दन गरेको छ । वीरता जेसीज पूर्व अध्यक्ष क्लबले प्रत्येक वर्ष गर्दै आएको अभिनन्दन अन्तरगत २०७९ का लागि झापा भद्रपुर निवासी समाजसेवी गोयललाई अभिनन्दन पत्रले सम्मान गरेको हो ।
वीरता जेसीजले यस पटक समाजसेवी गोयललाई उत्कृष्ट नागकिर घोषणा गर्दै अभिनन्दन गरेको छ । प्रत्येक वर्ष आयोजना उत्कृष्ट नागरिक अभिनन्दनको यो २३ औं संस्करण हो ।
विगत तीन दशक यता निरन्तर समाजिक क्षेत्रमा सहयोग गर्दै आएका गोयलले पछिल्लो पटक झापा भद्रपुरका घरबार विहीन १४ परिवारलाई आवासको प्रबन्ध गरिदिएका छन् । उनले प्रत्येक वर्ष सयौँ विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुको साथै विपन्न महिलाहरूलाई जिविकोपार्जनमा आर्थिक सहयोग गर्दै आएका छन् ।
निस्वार्थ समाजसेवीका रुपमा यस अघि मुलुकका विभिन्न स्थानबाट सम्मानित गोयललाई पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह श्रेष्ठले अभिनन्दन पत्र प्रदान गरेका थिए । उत्कृष्ट नागरिक सम्मान समारोह २०७९ का संयोजक किरण श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेत, नेपाल जेसीज कार्यकारिणी उपाध्यक्ष रस्मी बस्नेत, नेपाल कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा छनौट समितिका सदस्य कुमारमणी पोखरेलले वर्ष उत्कृष्ट नागरिकको नाम घोषणा गरेका थिए । वीरता जेसीजका पूर्व अध्यक्ष एकराज गिरीले सञ्चालन गरेको कार्यक्रममा जेसीज आस्था वाचन वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले गरेकी थिइन । सम्मान समारोहमा १ सय बढी संघ संस्थाहरूले उत्कृष्ट नागरिक गोयललाई अपेक्षासहित मायाको चिनो प्रदान गरेका थिए ।
विराटनगर । जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जना कैदीको आइतबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ घर भएका ५५ वर्षीय महानन्द राय अमातको मृत्यु भएको कारागारका जेलर चेतराज बरालले बताए ।...
विराटनगर, २ साउन–प्रदेश १ मा आज २४ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पतालमा उपचाररत २१ जना, उद्योग बाणिज्य संघ, फुङलिङ ताप्लेजुङ अस्थाई केन्द्रमा उपचाररत २ जना र जिल्ला अस्पताल अस्थाई...
काठमाडाैं, २५ असोज-सरकारले तयारी मदिराको पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको छ । २२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । २४ चैत २०७६ मा...
पोखरा, ७ असार-पोखरामा थप १ जनामा कोरोना पुष्टि भएको छ । पोखरा महानगरपालिका- १४ भेडीफारमका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।कोरोना अस्पतालको आइसोलेसन वार्डमा उपचाररत ९० वर्षीय पुरुषको सम्पर्कमा आएका उनको पीसीआर जाँच...
काठमाडौं, ६ असार-भारत र चीनबीचको सीमा विवादलाई नेपालले शान्तिपूर्ण रूपमा समाधान गर्नका लागि दुवै देशलाई आग्रह गरेको छ । लद्दाखको गलवान घाटीमा भएको भारत-चिनियाँ सुरक्षाकर्मीबीचको झडपका क्रममा भएको २० भारतीय सैनिकको मृत्यु भएको थियो ।...
विराटनगर । विराटनगर प्राइम राउण्ड टेबल नंं. १० ले कक्षा कोठाहरूको ब्लक हस्तान्तरण गरेको छ । टेबल नं. १० ले एक कार्यक्रमबीच नवनिर्मित ४ कक्षा कोठाहरूको ब्लक सोमबार विराटनगर–८ स्थित महेन्द्र माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेको...
विराटनगर, १५ असार ।झापाको दमकबाट लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो दिउसो सँवा ३ बजे दमक-६ थाना रोड स्थितबाट ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह ५ वालुवथान का २६ बर्षीय विवेक...
काठमाडौं, २७ जेठ -सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । मंगलबार अपरान्ह ४ बजे बस्ने भनेको सचिवालयको बैठक पुनः स्थगित गरिएको छ । आज संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुने...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.