ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता कमजोर : माधव नेपाल - News Birat

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता कमजोर : माधव नेपाल

न्यूज विराट

नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन् ।

आइतबार ‘असंवैधानिक संसद विघटनका सन्दर्भमा ट्रेड युनियनको भूमिकाबारे श्रमिक भेला’ लाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन् ।

ओलीको कम्युनिष्ट आन्दोलनप्रतिको प्रतिबद्धता समेत कमजोर भएको र मार्क्सवादलाई अवसरवादका रुपमा बुझेर आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको आरोप  छ ।

अध्यक्ष नेपालले आफूहरूको संविधानप्रति माया र ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए । संविधानलाई जोगाएर  हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ । आफूहरूले कुर्सीको हानाथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले बाटो सही रहेको उनले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles