बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

 न्यूज विराट
बझाङमा एमालेका दमनबहादुर भण्डारी निर्वाचित

विराटनगर । बझाङ १ को प्रदेशसभा उपनिर्वाचनमा नेकपा एमालेका दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो सकिएको मतगणनामा उनले ११ हजार ६१३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ११ हजार ३४६ मत पाएका छन् ।तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।

यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए। २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीवहादुर सिंह विजयी भएका थिए।

उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए।

सम्बन्धित समाचार

उद्योग संगठन मोरङमा नयाँ नेतृत्व, अध्यक्षमा राकेश सुराना निर्विरोध

विराटनगर । उद्योग संगठन मोरङको अध्यक्षमा राकेश सुराना निर्विरोध अध्यक्षतामा निर्वाचित भएका छन् । विराटनगरमा शनिबार सम्पन्न भएको ५० औं साधारण सभाले सुरानालाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । २६ औं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा...

सबै तहका परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना संक्रमणको जोखिम बढेको भन्दै परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई सिफारिस गरिएको जानकारी...

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखको आह्वान

विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८ (२ ) बमोजिम सरकार गठनका लागि आज आह्वान गरेका हुन्...

विराटनगरको शिक्षादीप कलेज सधै अब्बल

विराटनगर । सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक – शिक्षक नै मुख्य रुपमा कुनै पनि शैक्षिक संस्था सफल हुन चाहिने पूर्व सर्त हुन् । यही व्यवस्थापकीय विज्ञान र कला अनि यसका...

नाइजेरियामा सेनाको कारबाहीमा २५० जना बन्दुकधारी मारिए

९ असोज-नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन् । सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन् । जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । भर्खरै सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत विष्णु कोइरालालाई महानगरले स्वागत गरेको हो । महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला...

२३ वर्षीया निकिता चौधरीको रहस्यम मृत्यु, हत्या गरेको माइती पक्षको आरोप

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका ३ घर भएकी २३ वर्षीया निकिता चौधरीको रहस्मय मृत्यु भएको छ । १९ महिना अगाडी ३२ वर्षीय नगेन्द्र भगतसँग विवाह भएको निकताको रहस्मय मृत्यु भएको हो । शनिबार राती साढे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्