विराटनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव उपरीक्षक नविन कृष्ण भण्डारी चैत्र महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने भण्डारीलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले उत्कृष्ट प्रहरी घोषित गरेको हो ।
डिएसपी भण्डारीले सुनसरी हरिनगर गाउँपालिका २ का आशिफ अंसारीको पैसा भएको झोला अपरिचित व्यक्तिहरुले लिई भागेको घटनाको अनुसन्धानको क्रममा मो इब्रान मन्सुरी मियाँ र उमेश मुखियालाई पक्राउ गरेका थिए । यसैगरी हरिनगर गाउँपालिका ३ स्थितमा हिन्दु र मुस्लिम समुदाय बिच उत्पन्न विवादलाई प्रहरी जनशक्तिको प्रभावकारी परिचालन गरि जनधनको क्षति हुनबाट जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको र ू१२ वर्षे तेश्रो पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाू को सुरक्षार्थ प्रभावकारी सुरक्षा योजना बनाई प्रहरी परिचालन गरेको भन्दै प्रदेश प्रहरीले उनलाई उत्कृष्ट प्रहरी घोषित गरेको हो ।