सुत्केरीलाई गुुँदपाक वितरण गर्दै गोदावरी नगरपालिका

 न्यूज विराट
सुत्केरीलाई गुुँदपाक वितरण गर्दै गोदावरी नगरपालिका

ललितपुर, ४ वैशाखगोदावरी नगरपालिकाले सुत्केरी मसला स्वरुप गुँदपाक तरण गरेको छ । कोभिड–१९ का कारण हाल मुलुक बन्दाबन्दी परेका बेला सुत्केरीलाई तागत पुर्‍याउन नगरपालिकाले गुँदपाक वितरण गरेको हो ।

गोदावरीमा प्रतिसुत्केरी आधा किलो गुँदपाकसहित अन्य राहत सामग्री पनि वितरण गरिएको नगरपालिका उपप्रमुख मुना अधिकारीले बताइन् । बन्दाबन्दीका बेला दूधेबालकको आमाकाे शरीरमा तागत चाहिन्छ भनेर यस कामलाई अघि बढाइएको अधिकारीले जानकारी दिइन् । नगरपालिकाबाट ५ सय ५३ महिलाले सुत्केरी मसलाका रूपमा गुँदपाक लिइसकेको प्रवक्ता मिलन सिलवालले बताए ।

गोदावरीले २ जनाको परिवार, २ भन्दा माथिको परिवार र ४ जनामाथिको परिवारलाई प्रतिपरिवार क्रमशः ५, १० र १५ किलो चामल, आधा, एक र डेढ लिटर तेल र चिउरा, १ पोका नुन तथा २ वटा साबुन वितरण गरिरहेको सिलवालले बताए । गोदावरीमा करिब १० हजार व्यक्ति तथा परिवारलाई राहत वितरण गरिने बताइएको छ । रासस

सम्बन्धित समाचार

राहतले विपन्न परिवारमा खुसी

विराटनगर, २० चैत-प्रतिकूल अवस्थामा स्थानीय सरकारले खाद्य सामाग्री वितरण अभियान चलाएपछि इटहरीका विपन्न परिवारले राहत महसुस गरेका छन् । । इटहरी उपमहानगरपालिकाले लकडाउनको अवधि थपिएपछि दैनिक ज्यालादारीमा काम गर्ने २० वटै वडाका १० हजार परिवारलाई...

विराटनगरमा ६६ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर, १ असोज-विराटनगरमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ ।विराट मेडिकल कलेजको आइसोलेसनमा उपचाररत विराटनगर महानगरपालिका- १० निलसदननजिकै बस्दै आएका ६६ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार साँझ ५:१५ बजे मृत्यु भएको हो...

प्रचण्डको प्रस्ताव कुण्ठा र स्वार्थ लुकेको कृत्रिम आरोपको सँगालो : ओली

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सचिवालयमा पेस गरेको प्रस्ताव पार्टीकाे विधानविपरित रहेको बताएका छन् । आजको सचिवालयमा प्रचण्डको आरोपको लिखित जवाफ दिँदै ओलीले...

सुन र चाँदी बरामद प्रकरण : दुगड ग्रुपका लेखापाललाई ८० लाख ४० हजार धरौटि, बैंक ग्यारेन्टि राखेर मुरारका रिहा

विराटनगर । ठूलो परिमाणमा सुन र चाँदीसहित पक्राउ परेका केएल दुगड ग्रुपका लेखापाल विनोद कुमार मुरारकासहित तीन जना धरौटि रकम बुझाएर रिहा भएका छन् । रजास्व अनुस्न्धान कार्यालय इटहरी सुनसरीले मंगलबार तोकेको ८० लाख ४०...

सरकारले ल्याएका अध्यादेशविरुद्ध मोर्चाबन्दी गरौँ : साझा पार्टी

राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोधमा साझा पार्टीले ‘डिजिटल अभियान’ चलाउने भएको छ । उसले सामाजिक सञ्जाललगायतबाट अध्यादेशप्रति विरोध जनाउने भएको हो । संसदभित्र र बाहिर रहेका दल, नागरिक समाज र आमसर्वसाधारण सबैलाई यस...

राष्ट्रियसभाका चारै सभापति निर्विरोध

काठमाडौं, २३ साउन=राष्ट्रियसभाअन्तर्गतका समितिमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित हुन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा माननीय...

विराटनगर उच्च अदालत छेउमा इटा उद्योगी माथि खुकुरी प्रहार गर्ने व्यक्ति पक्राउ

विराटनगर, १० असोज । विराटनगरमा एकजना उद्योगि माथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सुर्यविनायक नगरपालिका वडानम्बर ८ का ३२ बर्षिय कलामसिंह लामा माथि खुकुरी प्रहार भएको हो । आज दिउसो साढे ११ बजे...

इलाममा आज एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना

इलाम, २२ साउन-इलाममा आज एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना सङ्क्रमण फेला परेको छ । यही १८ साउनमा स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सशस्त्र प्रहरी एक नम्बर...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्