काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

 न्यूज विराट
काँग्रेसको बलियो साथले सरकार भ्रष्टाचार विरुद्ध खरो उत्रियो : देउवा

विराटनगर । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसको बलियो साथ रहेकोले नै सरकार भ्रष्टाचार विरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् ।

सुनसरीको इनरुवामा आज आयोजित काँग्रेसको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै देउवाले गठबन्धन सरकारले भ्रष्टाचारको विषयमा सशक्त काम गरिरहेकोले अझै गठबन्धन बलियो बनाएर लैजाने बताए ।

‘ललिता निवास काण्ड होस् या नक्कली भुटानी शरणार्थी काण्डको विषयमा होस् सरकार सशक्त ढंगले अगाडि बढिरहेको छ । काँग्रेसले साथ दिएकै कारण प्रचण्ड नेतृत्वको सरकार सशक्त ढंगले अगाडि बढ्न सकेको हो,’ उनले भने, ‘गठबन्धन सरकारलाई दह्रो साथ दिन काँग्रेस अगाडि बढिहरेको छ ।’

लोकतन्त्र र स्थायीत्वको लागि अझै पनि माओवादीसँग सहकार्य आवश्यक भएकोमा जोड दिँदै देउवाले संघीय व्यवस्था बलियो बनाउन गठबन्धन अग्रसर रहेको बताए । ‘अहिलेको व्यवस्थालाई बलियो बनाउ प्रचण्डजीलाई हामीले प्रधानमन्त्री मानेका छौं,’ उनले भने, ‘अहिले स्थायी शान्ति आवश्यक छ । स्थायी लोकतन्त्र आवश्यक छ । त्यसका लागि प्रचण्डजी र माओवादी प्रतिबद्ध रहनुभएकोले साथ दिएका हौं ।’

अहिले काँग्रेसभित्र एकता हुन जरुरी रहेको बताउँदै देउवाले सुदृढ र एकताबद्ध भए आगामी निर्वाचनमा बहुमत ल्याउन सकिने दावी गरे । ‘पार्टीभित्र सानातिना मतभेद हुन्छन्, हाम्रोमा पनि छ र अरुतिर पनि छ’ उनले भने, ‘तर, कांग्रेसले आन्तरिक एकतालाई मजुबत बनाएर अघि बढ्नसक्नुपर्छ ।’

फरक प्रसंगमा उनले कुनै अमुक ठाउँबाट एक्कासी उदाएको राष्ट्रिष्य स्वतन्त्र पार्टी त्यस्तै तरिकाले समाप्त हुने दाबी गरे । ‘भ्रष्टाचारको विषय उठाएर उदाएको पार्टीले भ्रष्टाचारको विरुद्धमा सरकार लागिरहँदा समर्थन दिनको सट्टा समर्थन फिर्ता लिएर वार्दलीको मतियार किन बनिरहेको छ’ उनको प्रश्न थियो, ‘कस्मेटिक जस्ता देखिने पार्टीका साथीहरु यसरी नै विलिन हुनेछन् । काँग्रेस आदर्शबाट जन्मिएको पार्टी भएको कारण निरन्तर रहिरहने छ ।’

सम्मेलनमा काँग्रेसका उपसभापति भीष्मराज आङ्देम्बेले कोशीप्रदेशमाचलिरहेको आन्दोलनलाई सहमति गराएर अगाडि बढ्नुपर्ने बताएका छन् । ‘राजनीतिक सहमतिबाहेक अर्को विकल्प छैन । जुनसुकै तहबाट गरिएका आन्दोलनबाट निष्कर्ष प्राप्त हुन सक्दैन’ उनले भने, ‘कोशी प्रदेशमा काँग्रेसले नेतृत्व गरेको सरकारले फेरि पनि वार्तामार्फत नै समाधान गर्नुपर्दछ ।’

सम्बन्धित समाचार

प्रदेश १ को बजेट परिमार्जन हुने

विराटनगर, २ मंसिर । प्रदेश १ सरकारले बजेट परिमार्जन गर्ने भएको छ । अघिल्लो सरकारले ल्याएको बजेट गठबन्धन सरकारले परिमार्जन गर्न लागेको हो । बिहीबार पत्रकार सम्मेलन गर्दै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले...

कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण

विराटनगर । विराटनगरस्थित कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी अभिमुखीकरण गराएको हो । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभावको...

गणतन्त्र ल्याउन लडेका शक्तिबीचको ऐक्यबद्धता आजको आवश्यकताः अध्यक्ष प्रचण्ड

काठमाडौं, १५ जेठ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्ति एकतावद्ध भएर जनअपेक्षाअनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् । गणतन्त्र दिवस-२०७७ का अवसरमा...

टिचिङ अस्पतालमा २ डाक्टरलाई कोरोना, आकस्मिक कक्ष सिल

काठमाडौं, २९ साउन-टिचिङ अस्पताल महाराजगन्जका २ जना डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको आकस्मिक कक्षमा कार्यरत २ डाक्टरलाई कोरोना पुष्टि भएको हो ।  अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रोहितकुमार पोखरेलका अननुसार २ डाक्टरलाई कोरोना...

वीरगञ्जका ३ संक्रमितको सम्पर्कमा आएका २० जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

हेटौंडा, २ वैशाख-बागमती प्रदेशको मुकाम हेटौँडास्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा बीरगञ्जका २० जनाको स्वाब परीक्षण रिपोर्ट आएको छ । सोमबार बीरगञ्जका ३८ जनाको स्वाब परीक्षणको लागि हेटौँडा ल्याइएको थियो...

विराटनगरमा ९ सहित प्रदेश १ मा १२८ जनामा कोरोना संक्रमण

विराटनगर, ३ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२८ जनामा कोरोना संक्रमण भएको छ । ४५३ जनाको पीसीआर परीक्षण गर्दा ६१ र ४१६ जनाको एन्टिजेन परीक्षण गर्दा ६७ जनामा संक्रमण देखिएको सामाजिक विकास...

विराटनगरका मेयर भीम पराजुलीले दिए राजीनामा

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिएका छन् । उपमेयर इन्दिरा कार्कीमार्फत राजीनामा बुझाएको प्रेस सल्लाहाकार कौशल निरौलाले बताए । काठमाडौंमा रहेका पराजुलीले विराटनगर आएलगत्तै राजीनामा बुझाएका हुन् । राजीनामा पत्रमा पराजुलीले...

केन्द्रीय कमिटी बैठकको माग गैरजिम्मेवार : ओली

काठमाडौं, २० साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीका बीचमा केन्द्रीय कमिटी बैठक बोलाउन माग राखेर गैरजिम्मेवारी प्रदर्शन गरिरहेको बताएका छन् ।  बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्