लकडाउनबाट समस्यामा परेका परिवारलाई नेकपाको साढे ८ लाख सहयोग

 न्यूज विराट
लकडाउनबाट समस्यामा परेका परिवारलाई नेकपाको साढे ८ लाख सहयोग

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बेलका नगर कमिटीले विपन्न परिवार र दैनिक ज्यालादारी मजदुरका लागि साढे ८ लाख रुपैयाँ सहयाेगस्वरूप उपलब्ध गराएको छ । लकडाउन लम्बिरहँदा समस्या परेका विपन्न नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामाग्री दिलाउन नेकपाले बेलका नगरपालिकामार्फत ८ लाख ५० हजार रुपैयाँ सहयोग रकम उपलब्ध गराएको हो ।

सोमबार रामपुरस्थित नगरपालिका कार्यालय पुगेर नेकपा नगर कमिटी अध्यक्ष मनोज तामाङसहितका पदाधिकारी र सदस्यले नगरप्रमुख दुर्गाकुमार थापालगायतका जनप्रतिनिधिलाई सहयोग रकम हस्तान्तरण गरे ।

नेकपाले उक्त रकम आफ्ना कार्यकर्ताबाट उठाएको हो । नेकपा नेता रमण भट्टराईले भने, ‘पार्टीका कार्यकर्ता, शुभेच्छुकले स्वइच्छाले विपन्न नागरिकका लागि यो सहयोग हाम्रो पार्टीमार्फत गर्नुभएको हो, लक्षित वर्गसम्म पुग्छ भन्ने विश्वासका साथ नगरपालिकालाई हस्तान्तरण गरेका छौँ ।’

लकडाउन अनिश्चित बनेसँगै नेकपाले नगर कमिटी सचिव गणेश बस्नेतको संयोजकत्वमा राहत तथा विपद व्यवस्थापन समिति गठन गरेको थियो । १५ दिनभित्र उक्त समितिले साढे ८ लाख रकम संकलन गरेको हो ।

सम्बन्धित समाचार

मेयर कोइरालाकै घरमा चल्यो डोजर, विराटनगरमा अवैध संरचना हटाउन थालियो

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ ।अभियानको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरबाटै सुरु गरिएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर...

आर्थिक प्याकेज ल्याउँदै छौँ, श्रमिक बेदखल गर्नु गलत:मन्त्री भट्टराई

काठमाडौं, २५ वैशाख-संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरूलाई कामबाट निकाल्न नपाउने बताएका छन् । कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान)ले होटल बन्द गर्ने...

खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो । जिल्ला प्रशासन...

काठमाडौंबाट ११० जना रुसी नागरिक लिएर मस्को उड्यो रोयल फ्लाइट

काठमाडौं, बैशाख ८–काठमाडौंबाट १ सय १० जना रुसी नागरिक बोकेर रुसको रोयल फ्लाइट एयरलाइन्स मस्को उडेको छ । रुसबाट रोयल फ्लाइट एयरलाइन्सको जहाज काठमाडौं आएको थियो । सोमबार बिहान साढे १० बजे काठमाडौं अवतरण गरेको...

स्ववियू निर्वाचन : सभापतिका उम्मेदवार रोहित भन्छन्, ‘विद्यार्थीको हितमा सधैं लड्नेछु’

विराटनगर । महेन्द्र मोरङ क्याम्पसमा आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अखिल क्रान्तिकारीबाट सभापति पदका उम्मेदवार रोहित यादवले विद्यार्थीहरूको हकहितमा निरन्तर लड्दै आएको र यसकारण आफ्नो जित सुनिश्चित हुने विश्वास व्यक्त...

विराटनगरमा ४ सहित प्रदेश १ मा १२ जनामा कोरोना संक्रमण

विराटनगर, १० पुस । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण भएको छ । १५६ जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा...

‘हामी सबैको रहर शिक्षित, सफा सुन्दर र सुरक्षित र सक्षम विराटनगर’

विराटनगर, ११ असार । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ‘हामी सबैको रहर शिक्षित ,सफा,सुन्दर,सुरक्षित र सक्षम विराटनगर’ नारालाई विशेष जोड दिएको छ। महानगरपालिकाले आज सार्वजनिक गरेको बजेटसँगैको नीति तथा कार्यक्रममा सुखी नगरवासी, समृद्ध नगर...

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

काठमाडौं, ४ असार-गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका थप ३० जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १३,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्