कटहरीको सडक बनाउन माग राख्दै सडक अवरुद्ध, शुक्रबार दुई घण्टा गर्ने तयारी
बिहिबार, १५ चैत, २०८०,
न्यूज विराट
विराटनगर । हुलाकी सडक अन्र्तगत मोरङको कटहरी खण्डको निमार्ण कार्य सुस्त भएपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् ।
उक्त सडक निमार्ण कार्यमा ढिला सुस्ती भएको भन्दै नेपाली काँग्रेस कटहरी गाउँपालिकाको अगुवाइमा यहाँका स्थानीयले एक घण्टा सडक अवरुद्ध गरेर बिहीबार आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले विहान साढे ९ देखि साढे १० बजेसम्म सडकमा उभिएर कटहरी गाउँपालिका २ गोपाल फनपार्क अगाडी विरोधमा उत्रिए । आन्दोलनको कारणले एक घण्टा सवारी साधान आवगमन ठप्प भएको थियो । यसअघि पनि उक्त सडक तत्काल निमार्ण गरिनुपर्ने माग राख्दै नागरिक संघर्ष समितिले आन्दोलन गर्दै आएको थियो । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सडक निर्माण तत्काल गरिनुपर्ने माग राख्दै धर्ना दिएका थिए ।
हुलासी सडक समयमै निमार्ण नहुँदा झापासित साँध जोडिएको मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका सर्वसाधारण हिउँदमा सडकको धुलो र बर्खामा हिलोसँग पौठेजोरी खेलेर दिन कटाउन बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामा पर्ने यो हुलाकी राजमार्गको काम सुस्त छ । निर्माण सुरु भएको चार वर्ष भइसक्दा पनि पुरा हुने छाँटकाँट छैन । समयमै सडक नबन्दा स्थानीयले सास्ती भोग्नु परेको काँग्रेस कटहरी गाउँपालिका २ का वडासभापति सन्जय मण्डलले बताए । कटहरी गाउँपालिका भित्र पर्ने सडक निमार्णमा ढिला सुस्ती भएपछि आन्दोलनमा उत्रिन बाध्य हुनु परेको उनले बताए । सडक निमार्णलाई तिव्रता नदिए आन्दोलनको कार्यक्रमलाई निरन्तार दिने उनले बताए । शुक्रबार दुई घण्टा कटहरी क्षेत्रमा सडक अवरुद्ध गर्ने उनले बताए ।
सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था नभएको मण्डलले बताए । समयमै सडक नबन्दा यहाँका स्थानीयको घरमा खानामा धुलो खान बाध्य भएको उनले सुनाए । ‘अहिले घर धुलोले छपक्कै छोपेको अवस्था छ,’ उनले भने, ‘अब पानी पर्न थालेपछि हिलोले सडक हिँडिसक्नु हुँदैन । गाडी, बाइक, साइकल केही चलाउनै नमिल्ने अवस्था हुन्छ । अनि सडक हाम्रा लागि सुविधा भयो कि सास्ती ?’ पटक–पटक काम सुरु गर्न आग्रह गर्दा काम नभएपछि आन्दोलनमा उत्रिएको उनले बताए । धुवा र धुलोका कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम सुरु गर्न आग्रह गर्दा नटेरेपछि जनतालाई लिएर आन्दोलनमा उत्रिनु परेको स्थानीय विक्रम थपलियाले बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले बताए । काम सुरु नगर्ने ठेकेदारलाई कालोसूचीमा राख्नु पर्ने बताए । निमार्ण काम सुरु नगरे आन्दोलन सशक्त पारेर अगाडी बढने उनले बताए ।
सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफेबीच मुलुकको समसामयिक विषयमा छलफल भएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा आज भएको छलफल कोरोना भाइरसका कारण उत्पन्न विषम परिस्थिति,...
काठमाडौं, ७ भदौ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले १० भदौबाट अभियान सुरु गर्न लागेको हो । त्यसका लागि कांग्रेसले ७७...
काठमाडौं, ३ साउन-आज पनि देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट नेता, कार्यकर्ताहरू चितवन ओइरिन थालेका छन् । भोलि उद्घाटन हुने भए पनि देशका विभिन्न जिल्लाबाट महाधिवेशन प्रतिनिधि लगायत अन्य सहभागीहरू सौराहा पुग्ने क्रम चलिरहेको हो । सौराहास्थित एमाले महाधिवेशन...
मुलुकमा जारी बन्दाबन्दीको मौका छोपेर बाँकेको राप्तीसोनारी गाउँपालिकाअन्तर्गत पर्ने खोलाबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको छ । राप्तीसोनारी ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर तथा वडा नं ५ का आलिनगर र...
विराटनगर । महिला क्रिकेट खेलाडीहरुको आत्मबल बढाउने उद्देश्यले विराटनगरमा एक दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ । विराटनगरमा आज उक्त कार्यशाला गोष्ठी आयोजना गरेको हो ।कार्यशाला गोष्ठीमा ४५ जना महिला क्रिकेट खेलाडी, प्रशिक्षक र उनीहरुका...
पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको रेडस्टार अङग्रेजी बोडीङ स्कुलको सिनभिलेज पार्टी प्यालेसमा मंगलबार २३ औं बार्षिक उत्सब तथा अभिभाबक भेला सम्पन्न भएको छ । विद्यालयका फाउन्डर तथा प्रधानाध्यापक टिएन तिम्सीनाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो...
एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...