‘क्लिन फिड’ कार्यान्वयनमा आएपछि ३० प्रतिशतसम्म शुल्क बढ्ने

 न्यूज विराट
‘क्लिन फिड’ कार्यान्वयनमा आएपछि ३० प्रतिशतसम्म शुल्क बढ्ने

काठमाडौं, १५ कात्तिक-विज्ञापनरहित (क्लिन फिड) पूर्णरूपमा कार्यान्वयनमा आएपछि शुल्क बढ्ने टेलिभिजन वितरकहरूले बताएका छन् । विदेशी च्यानलले नेपालका लागि छुट्टै क्लिन फिड दिँदा खर्च बढ्ने भएकाले शुल्क बढ्नसक्ने तर्क वितरकहरूको छ । यसबाहेक विज्ञापन नीति लागू भएपछि स्वदेशी च्यानलमा विदेशी विज्ञापन प्रसारण हुन नदिन र समग्र विज्ञापन बजारको व्यवस्थापन तथा नियमनको लागि चुनौतिसमेत बढेको विज्ञहरूले बताएका छन् ।

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन प्रसारणमा विज्ञापन रहित (क्लिन फिड) नीति लागू भएको एक साता पुगेको छ । तर, कतिपय च्यानलले क्लिन फिडका लागि आवश्यक उपकरण जडान गरिनसक्दा प्रसारण बन्द छ । क्लिन फिडका लागि प्रयोग हुने उपकरणको लागत उच्च हुने, सञ्चालन लागत र स्याटेलाइटको लागत बढ्ने भएकाले ग्राहकले तिर्नुपर्ने शुल्क पनि बढ्न सक्ने टेलिभिजन वितरकहरूले बताएका छन् ।

नेपाल केबल टेलिभिजन व्यवसायी महासंघका अध्यक्ष ध्रुव शर्माले क्लिन फिडका लागि टेलिभिजन प्रसारकले प्रविधिमा ठूलो लगानी गर्नुपर्दा खर्च बढेको बताए । त्यसैले ग्राहकले तिर्नुपर्ने शुल्क पनि अहिलेको भन्दा बढ्ने उनको भनाइ छ । सरकारले आधारभूत सेवा शुल्क निर्धारण गर्ने र विदेशी च्यानललाई प्याकेजमा हेर्न पाउने व्यवस्था नगरे ग्राहकले तिर्नुपर्ने शुल्क निकट भविष्यमा नै बढ्ने अध्यक्ष शर्माले बताए । आधारभूत प्याकेजबाहेकका च्यानलमा मनपर्ने च्यानल मात्रै हेर्न पाउने सुविधा नदिने हो भने अहिलेको शुल्कमा २५ देखि ३० प्रतिशतसम्म बृद्धि हुने उनको भनाइ छ ।

क्लिन फिड लागू हनुभन्दा पहिले अधिकांश विदेशी च्यानल डाउनलिङ्क अनुमति लिएर प्रसारण गर्दै आएका थिए । तर क्लिन फिड लागू हुँदा दुवैतर्फ खर्च बढ्ने भएकाले भविष्यमा शुल्क बढाउनुपर्ने अवस्था आउनेमा वितरकहरुले जोड दिएका हुन् । तर अहिले क्लिन फिडका कारण कतिपय विदेशी च्यानल बन्द भएकाले तत्कालनका लागि शुल्क बढाइहाल्नुपर्ने अवस्था नरहेको पनि उनीहरुको भनाई छ ।

नेपाल विज्ञापन संघका अध्यक्ष रवीन्द्रकुमार रिजाल (शशी) ले विदेशी टेलिभिजन प्रसारणमा क्लिन फिड लागू भए पनि नेपाली टेलिभिजनबाट डब विज्ञापन प्रसारण भइरहेकाले चुनौति अझै पनि बाँकी रहेको बताए । नेपाली टेलिभिजन प्रसारकले कुनै पनि विदेशी डब विज्ञापन र विदेशी भाषाको विज्ञापन बजाउन पाउँदैनन् । सरकारले २०७६ कात्तिक ८ गतेदेखि विज्ञापन नीति लागू भए पनि नेपाली टेलिभिजनले डब विज्ञापन बजाइदिँदा चुनौति थपिएको उनको भनाइ छ । तर विज्ञापन बोर्डले यसको व्यवस्थापन सहजै गर्ने विश्वास रिजालको छ ।

सञ्चार विज्ञ लक्ष्मण हुमागाईंले भने विज्ञापन क्षेत्र अत्यन्त प्राविधिक विषय भएकाले चुनौति धेरै भएको बताए । विज्ञापन बोर्डसामु विज्ञापनदाता, विज्ञापन एजेन्सी, विज्ञापन कार्ममा लागेका व्यक्तिहरू, उद्योगपति व्यापारी, र उपभोक्ता गरी पाँचवटै पक्षलाई समन्वय गर्नुपर्ने प्रमुख चुनौति रहेको उनको भनाइ छ । यस्तै समग्र विज्ञापन बजारको अनुगमन गर्नुपर्ने चुनौति पनि रहेको छ । त्यसैले बोर्डमा व्यावसायिक व्यक्ति संलग्न हुनुपर्ने हुमागाईंले बताए ।

सरकारले २०७६ कात्तिक ८ गते देखि विज्ञापन नीति लागू गरेपछि क्लिन फिड कार्यान्वयनमा ल्याउनका लागि एक वर्ष अर्थात २०७७ कात्तिक ७ गतेसम्मको समय दिइएको थियो । कात्तिक ७ गतेपछि किल्नफिड लागू भएको छ । तर आवश्यक तयारी नपुगेको भन्दै अधिकांश विदेशी च्यानल बन्द छन् । त्यसैले नेपाली टेलिभिजनमा प्रसारण हुने विदेशी विज्ञापन र विज्ञापनरहित विदेशी च्यानलको व्यवस्थापन तथा नियमनका र शुल्क व्यवस्थापनमा विज्ञापन बोर्डका लागि चुनौति धेरै नै रहेको छ ।

सम्बन्धित समाचार

अर्थमन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीलाई कांग्रेस नेताहरूकाे चर्काे दबाब

सत्ताघटक नेपाली कांग्रेसका नेताहरूले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइराला, गुरुराज घिमिरे, गोविन्द पोखरेल लगायतले अर्थमन्त्रीबाट शर्मालाई हटाउन  प्रधानमन्त्री देउवालाई चर्काे...

नागरिकता र मतदाताको आधारमा मात्र नभई भोकै रहेका सवैलाई राहत वितरण गरिनुपर्छ : सांसद मण्डल

विराटनगर, बैशाख २–पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का संघिय सांसद शिवकुमार मण्डलले नागरिकता र मतदाता नामावलीका आधारमा मात्र राहत वितरण गर्न नहुने बताएका छन् । उनले नागरिकता र मतदाताका आधरमा भन्दा पनि आर्थिक अवस्थाकै...

विराटनगरमा थप सय बेडको कोभिड अस्पताल सञ्चालनमा

विराटनगर, ५ पुस-विराटनगर–१० मा आइतबारदेखि एचडियुु र अक्सिजनसहितको एकसय वेडको कोभिड अस्पताल सञ्चालनमा आएको छ । प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको सहयोगमा करिब आठ करोड रुपैयाँको लागतमा अस्पताल संचालनमा आएको हो । अस्पताल...

काठमाडौं विश्वकै आठौँ प्रदूषित सहर, यी हुन् नेपालका ‘रेड जोन’ सहर

काठमाडौं, ४ मंसिर । नेपालको राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको आठौँ नम्बरमा उक्लिएको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक...

जीवन विकासलाई अन्तर्राष्ट्रिय अवार्ड

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले थ्रि जिरो क्लब प्रवद्र्धन गरे बापत अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । फिलिपिन्सको राजधानी मनिलामा आयोजित थ्री जिरो क्लब कन्भेन्सनमा विश्वभरका सहयोगी संस्थाहरु मध्ये नेपालको जीवन विकास लघुवित्त...

मधेसमा आज पनि सार्वजनिक बिदा, बलिदानी दिवस मनाइँदै

vमधेस बलिदानी दिवसको अवसरमा मधेस प्रदेश सरकारले आज (बुधबार) पनि सार्वजनिक बिदा दिएको छ । प्रदेशको नाम मधेस प्रदेश र राजधानी जनकपुरधाम कायम गरेको खुसीयालीमा मंगलबार बिदा दिएको प्रदेश सरकारले बुधबार पनि मधेस बलिदानी दिवसको अवसरमा...

औषधी व्यवसायीद्धार निःशुल्क स्वास्थ्य शिविर, एक सय बढीको स्वास्थ्य परीक्षण

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । विराटनगर १५ मिल्स एरियास्थित दुर्गा मन्दिरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । शिविरमा १ सय जना विरामीको निःशुल्क स्वास्थ्य...

आज १ हजार ३१३ जनामा कोरोना संक्रमण

काठमाडौं, ९ असोज-गत २४ घण्टामा नेपालमा एक हजार ३ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार २ सय ६२ को पीसीआर गर्दा आज देशभर एक हजार ३ सय १३ संक्रमित थपिएका हुन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्