१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

 न्यूज विराट
१४ सय १७ वर्ष पुरानो पनौती जात्रा स्थगित

काठमाडौं, २२ जेठ-कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण ऐतिहासिक नगरी पनौतीमा १ हजार ४१७ वर्षदेखि सञ्चालन हुँदै आएको पनौती जात्रा (ज्या पुन्ही) यस वर्ष स्थगन गरिएको छ । ‘यौनिकता’ दर्शाउने नेपालकै पुरानो मानिएको यस जात्रा जेष्ठ शुक्ल पूर्णिमाका अवसरमा ३ दिनसम्म सञ्चालन हुँदै आएको थियो ।

जात्रामा काभ्रेपलाञ्चोकलगायत छिमेकी जिल्ला तथा राजधानीबाट समेत उल्लेख्य सहभागिता रहने भएकाले दर्शनार्थीको आवतजावत तथा भीडभाडले स्वास्थ्य सुरक्षामा गम्भीर असर पर्ने जनाउँदै पनौती नगरपालिकाले यस वर्ष क्षमापूजामात्रै गरिने जनाएको छ । नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले यस वर्षको पनौती जात्रा जेठ पूर्णिमाका दिन क्षमापूजामा मात्रै सीमित हुने बताए । उनले भने, ‘क्षमापूजामा पनि सामाजिक दूरी कायम गरीदिन आग्रह गरेका छौँ ।’ नगरले आगामी वर्ष नियमित एवं भव्यरूपमा जात्रा मनाइनेसमेत सार्वजनिक अपिल गरेको छ ।

‘जेष्ठ शुक्ल पूर्णिमाको दिन जात्रा नमान्ने र मङ्सिर पूर्णिमाको रात निद्रा नपुर्‍याउनेले कहिल्यै सुख पाउँदैन’ भन्ने भनाइमा पनौती जात्रामा सामेल हुनैपर्ने परम्परागत मान्यता रहँदै आएको थियो । स्थानीयवासी त्रयोदशीदेखि पूर्णिमाको रात रहुञ्जेल हिलेजात्रा मनाउँदै आएका थिए । यहाँ जात्रा सकिएको भोलिपल्टदेखि खेतको काम थाल्ने चलन रहँदै आएको थियो ।

जात्रा सकेर खेतमा रोपाइँ सुरूगर्ने परम्परा पहिल्यैदेखि चलि आएकाले यसलाई हिलेजात्रा अर्थात् ज्याःपुन्ही पनि भनिएको हो । यहाँको जनविश्वासअनुसार जात्रा अविधिभर र ४ दिनदेखि पनौतीमा हावाहुरी चल्छ, अनि वर्षा सुरू हुन्छ ।

किंवदन्तीअनुसार परापूर्वकालमा यसै समयमा पनौती पारिपट्टिका ब्रम्हायणी र भद्रकालीको पूजा गर्न जान समस्या परेपछि ललितपुरको बुङ्मतीबाट बासुकी नाग पनौती आएर पुण्यमाताको उर्लंदो बाढीमा पुलजस्तै तेर्सो परी देवतालाई तार्ने काम गरेका थिए । त्यसैको स्मरणमा जात्रा शुरु गरिएको मानिँदै आइएको बताइन्छ ।

साथै जात्राको मुख्य आकर्षण अर्थात् पूर्णिमाका दिन सबेरै बजारमा भद्रकाली, महादेव र इन्द्रेश्वरका तीनवटा रथको भागदौडसँगै ‘यौन क्रियाकलाप’मा रुमलाउँदै एकापसमा जुधाउने काम हुन्थ्यो । किंवदन्तीअनुसार भाग्ने र पिछा गर्ने कार्यका रूपमा रथ जुधाइन्छ ।

धार्मिक विश्लेषणका आधारमा रथ जुधाउने परम्परालाई यौनजन्य प्रस्तुतिका रुपमा लिइन्छ । रथ जुधाउँदा जोश झनै बढ्ने भएकाले युवायुवती रथ जुधाउन तछाडमछाड गर्दथे । रथ जुधाइमा कामोत्तेजक कार्य प्रदर्शन गर्नुपर्ने भएकाले पहिलेपहिले झिसमिसे अगावै रथ जुधाइने गरिएको स्थानीय युवा सौगात बस्नेतले बताए ।

उनका अनुसार कुनै वर्ष कारणवश जात्रा रोकेमा पनौतीमा ठूलो अनिष्ठ हुने, खडेरीले दुःख दिनेजस्ता आध्यात्मिक विश्वास मनमा पाल्नेले यसअघि जात्रालाई निरन्तरता दिएको विश्वास गरिँदै आइएको छ । रासस 

सम्बन्धित समाचार

इलेक्ट्रा इलेक्ट्रिक कम्पनीको नयाँ उत्पादन सार्वजनिक

विराटनगर । इलेक्ट्रा इलेक्ट्रिक कम्पनीले नयाँ उत्पादन सार्वजनिक गरेको छ । उक्त ब्राण्डका एम्बेस्डर सुरज सिहं ठकुरीले इलेक्ट्रा इलेक्ट्रिकको नयाँ उत्पादन सेलिजको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै ठकुरीले सधै विश्व प्रख्यत ब्राण्डसँग आवद्ध...

मोरङ व्यापार संघले गर्यो उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव निरौलासँग छलफल

विराटनगर । उद्योगी व्यवसायीहरुको समस्या समाधानका सन्दर्भमा मोरङ व्यापार संघले छलफल गरेको छ । आइतबार मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, कोशी प्रदेशले संयुक्त रुपमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलासँग...

कानेपोखरीका शिक्षकलाई पालिकाले ‘अतिचार’ गरेको आरोप, लेनदेनमा सरुवा हुने गरेको गुनासो

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षक संगठनहरुले शिक्षा शाखा अधिकृतले आफूहरुलाई अतिचार गरेको गुनासो गरेका छन् ।गाउँपालिका अध्यक्ष राजमती इङ्नामलाई ज्ञापनपत्र बुझाउँदै शिक्षा अधिकृतको रुपमा कार्यरत बेगबहादुर काफ्लेले सामुदायिक विद्यालयलाई सुधार्नेतिर भन्दा व्यक्तिगत फाइदा तर्फ...

विदेशमा रहेका प्रदेश १ का नागरिकको तथ्यांक संकलन सुरू

विराटनगर, २७ जेठ-प्रदेश १ मा कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा रहेका, स्वदेश फर्किन चाहेका र स्वदेश फर्किएका आफ्नो प्रदेशका नागरिकको लागि अनलनाइनबाट तथ्यांक संकलन सुरू गरेको छ । कोभिड-१९ ले उत्पन्न गराएको विषम परिस्थितिका...

सुर्खेतमा उपचाररत जुम्लाका कोरोना संक्रमित पुरुषको मृत्यु

सुर्खेतमा जुम्लाका एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । जुम्ला तिला गाँउपालिका–२ का ७६ वर्षीया पुरुषको कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको हो । १२ वैशाखमा उपचारका लागि अस्पताल भर्ना भएका ती...

विराटनगरका रोहित चौधरीको हत्या आरोपी सार्वजानिक

विराटनगर । विराटनगर – ५ का २८ वर्षीया रोहित चौधरीको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजानिक गरेको छ । पक्राउ परेका मोरङको लेटाङ नगरपालिका १ का ३५ वर्षीया पर्वत भन्ने दिपक तिमिल्सिना र...

कोशी अस्पतालको अर्थोपेडिकमा पानी नभएपछि शल्यक्रिया रोकियो, विरामीलाई समस्या

विराटनगर । सुनसरीको दुहबी नगरपालिका– १२ पूर्वकुसहा घर भएकी ७६ वर्षीया भगवती देवी गेलाल घरको सिढीबाट लडेर देब्रे खुट्टा भाँचिएको एक साता हुन लागेको छ । गत शुक्रबार खुट्टा भाँचिएपछि गेलाललाई परिवारले तत्काल विराटनगरस्थित कोशी...

बुढीगंगामा मुक्ति समाजको ५१ सदस्यीय गाउँपालिका कमिटी गठन

विराटनगर, १४ फागुन । नेकपा (एमाले) को जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज मोरङले आक्रमक ढंगले संगठन सुदृढीकरण अभियानलाई तीब्रता दिएको छ । दलित समुदायका सवाल र मुद्धाहरुलाई राजनीतिकरुपमा उठान गर्दै आएको मुक्ति समाजले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्