विराट गोल्डकप चैत १४ गतेबाट सुरू, तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागि हुने

 न्यूज विराट
विराट गोल्डकप चैत १४ गतेबाट सुरू, तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागि हुने

विराटनगर । आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता चैतको दोस्रो साताबाट सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन हुने प्रतियोगिता विराट गोल्ड कप फुटबल ट्रष्ट आफैले गर्ने भएको हो । सहिद रंगशालमा मंगलबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ ।

विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको यति ठूलो प्रतियोगिता आयोजना गर्न सधैं निजी क्षेत्रका उद्योगी व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता गरिनुपर्ने बाध्यता थियो । बारम्बार निजी क्षेत्रकै पहल र सक्रियतामा प्रतियोगिता हुँदै आएको थियो । यस वर्ष गोल्डकप ट्रष्ट आफैले प्रतियोगिता गर्दैछ ।

प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागि हुने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्डकपमा भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लब, भारत सिक्किमको सिक्किम ड्रागन फुटबल क्लब, भुटान थिम्फुको आर. टि.सी क्बल सहभागि हुँदैछ । नेपालका तीन विभागीय टिम नेपाल पुलिस, त्रिभूवन आर्मी, एपीएफ आउनेछन् । यसैगरी यस वर्षको लिग बिजेता टिम चर्च व्याइज फुटबल क्लब, ‘ए’ डिभिजन टिमहरु मच्छिन्द्र, एनआरटी क्बलको सहभागि हुने छ ।
गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशी झण्डै आधा घटाएको छ । बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको बिजतालाई नगद २० लाख १५ हजार र उपबिजेतालाई १० लाख १५ हजार रुपैयाँ थियो । यो वर्ष बिजेतालाई ९ लाखा १५ हजार र उपबिजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशी घटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८ रुपैयाँ घाटा भएको थियो । ‘तेही कारणले गर्दा पनि यस वर्ष पुरस्कार राशी घटाउन बाध्य हुनु परेको हो,’ ट्रष्टका अध्यक्ष शाहीले भने ।
उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ण खेलाडीलार्य मोटरसाइकल दिने आयोजकले बताएको छ ।
साझको ६ बजे बजेदेखि सुरू हुने गोल्डकपको २, ३ र ५ सय रूपैयाँ टिकक रहेको छ । ‘फ्लडलाइटको माध्यमदेखि रात्रीकालिन गोल्डकप हुने भएकोले खेल रोमान्चित बन्नेछ,’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ हुनेछ ।’ गतवर्षको सातौं संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपबिजेत बनेको थियो ।

सम्बन्धित समाचार

आरागन होटेल स्कूलले गर्यो एकै दिन विदाई तथा स्वागत

विराटनगर । विराटनगर – १० स्थीत सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । आरागनको...

सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण

विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो । तालिमको सहजिकरण...

हिसान कोशी क्रिकेटको उद्घाटन खेलमा अरनिको र ग्रिनल्याण्ड कलेज विजयी

विराटनगर । हिसान कोशीको आयोजना तथा हिसान मोरङको सम्योजकमा विराटनगरमा प्रथम कोशी प्रदेश स्तरिय अन्तर क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा सोमबार भएको खेलमा विराटनगरको अरनिको कलेज र ग्रिनल्याण्ड कलेज...

सरकारले राम्रो काम नगरेका कारण जनतामा निरासाः रामचन्द्र पौडेल

विराटनगर, फागुन २०–नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले राम्रो काम नगरेका कारण जनता निराश भएको बताएका छन् । मंगलबार पिताजी कृष्णप्रसाद कोइराला स्मृत्ती परिषद्ले विराटनगरमा आयोजना गरेको सम्मान समर्पण कार्यक्रममा नेता पौडेलले यस्तो बताएका...

डाक्टर बनेर काठमाडौंबाट झापा पुगेका २ जना प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका २ युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती...

कोरोना संक्रमणबाट भारतमा पूर्वमन्त्रीको निधन

एजेन्सी, साउन २३-कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट भारतीय मार्क्सवादी पार्टी (सीपीएम) का वरिष्ठ नेता तथा पश्चिम बंगाल राज्यका पूर्वमन्त्री श्यामल चक्रवर्तीको मृत्यु भएको छ । ७६ वर्षीय चक्रवर्तीको मृत्यु उपाचारका क्रममा बिहीबार कोलाकातास्थित एक अस्पतालमा भएको...

कोशी अस्पतालमा चरम बेथितीः स्वास्थ्यकर्मीले यसरी पढाउँछन् निजी हस्पिटलमा बिरामी

घटना १ विराटनगर महानगरपालिका–२ सरस्वती टोलका ५८ वर्षीय सुरेश भुजेल उच्च रक्तचापका कारण घरमा ढले । १६ कार्तिक घरमै ढलेपछि परिवारका सदस्यले उनलाई तत्काल राति १० बजे कोशी अस्पतालको आकस्मिक कक्षमा पु¥याए । भुजेल परिवारको...

कोरोना नियन्त्रणका लागि मन्त्रीहरूको जिम्मेवारी थप

सरकारले कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिमा नभएका मन्त्रीहरूलाई थप जिम्मेवारी दिएको छ ।सरकार प्रवक्ता रहेका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री खतिवडाका अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री बसन्त नेम्वाङलाई प्रदेश नम्बर १, भूमि,...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्