सकियो तीन महिने ब्युटिसियन तालिम, आत्मनिर्भर बन्ने महिलाहरूको प्रण
आइतबार, ०६ साउन, २०८१,
न्यूज विराट
विराटनगर । सौन्दर्य कला व्यवसायी संघ विराटनगरको आयोजनामा तीन महिने निःशुल्क ब्युटिसियन तालिम सम्पन्न भएको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको तीन महिने उक्त तालिम विराटनगरमा आइतबार सम्पन्न भएको हो ।
तालिमको सहजिकरण गंगा जमुना तामाङ, प्रतिमा ओझा, ईशा ढकाल, आकाश अग्रवाल, कबिता नेपाल, सिमरन श्रेष्ठ र सुशील स्वेक्छाले गरेका थिए । तालिममा ६० बढी महिलाहरुको सहभागिता रहेको थियो । उनीहरुले तालिमपछि सिकेको सीप व्यर्वहारमा उत्राने बताए । सहभागि मिश्रा बुढाथोकीले तालिममा सिकेको ज्ञान व्यवर्हारामा उतार्दै ब्यूटिपार्लर खोल्ने बताइन् । समापन कार्यक्रमको प्रमुख अतिथि सामाजिक विकास राज्य मन्त्री सृजना राईले महिलाहरु आत्मनिर्भर बनाउनको लागि यस्तो सिपमुलक तालिम आवश्यक रहेको बताइन् । तालिममा सिकेको सिप व्यर्वहारमा उतानुपर्नेमा उनले जोड दिइन् । कार्यक्रममा सौन्दर्य कला व्यवसायी संघ नेपालकी केन्द्रीय उपाध्यक्ष सन्तोषी श्रेष्ठले समृद्धिको लागि सीप सिकेर महिला आत्मनिर्भर हुनुपर्नेमा जोड दिइन् । तालिममा सिकेको सिप व्यर्वहारमा उतारेर महिलाहरु आत्मनिर्भर हुन सके घरपरिवार चलाउन सहज हुने उनले बताइन् । कार्यक्रममा नेकपा एमाले मोरङका अध्यक्ष बावुराम कार्की, राष्ट्रिय सौन्र्दयकर्मी युनियन नेपालकी केन्द्रीय सदस्य गंगा तामाङ्गलगायतले बोलेका थिए ।
सोही अवसरमा सौन्दर्य कला व्यवसायी संघ विराटनगरकी अध्यक्ष जुलि प्याकुरेललाई सम्मान गरियो । उनलाई प्रमुख अतिथि सामाजिक विकास राज्यमन्त्री सृजना राईले सम्मान गरिन् । तलिमको अनुशासनमा प्रशिक्षार्थी प्रन्जलि कोइराला भाइन् । त्यसैगरी हेयर स्टाईलमा राम्रो जुरो बनाउनेमा किरण कुमारि साह, कविता मैनाली र मनिषा श्रेष्ठ भइन् । उनीहरुलाई सम्मान गरियो ।
सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ६ कस्तुरी मृग मृत अवस्थामा भेटिएका छन् । निकुञ्जको केङ्जोमाको ताग्दीमा भन्ने स्थानमा पासोमा झुण्डिएर मरेको अवस्थामा ती मृग फेला परेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले जनाएको छ । मृत भेटिएकामध्ये १...
बुटवल, ११ जेठ-प्रदेश ५ को अति विकट मानिने बाँकेको नरैनापुरमा कोरोना संक्रमण रोकथामका लागि सेना परिचालन गरिने भएको छ । गाउँपालिकाले शनिबार मात्र कोरोना संक्रमण फैलिन सक्ने र स्थित भयावहक हुने भन्दै थप सुरक्षाकर्मी र...
विराटनगर । मोरङको धनपालथानबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र इलका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले धनपालथान गाउँपालिका – ७ राजकुमार सिंहको ग्वालीबाट १ हजार ५ सय...
काठमाडौं, ८ वैशाख-सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक डाकेकको छ । राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्दै अध्यादेशबाट केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सदस्य पुगे पार्टी फुटाउन सकिने व्यवस्था मन्त्रिपरिषद् पास गरेपछि नेकपाभित्र...
विराटनगर, चैत २६–लकडाउनको मौका छोपेर लागू औषधको कारोबार गर्ने दुइ जनालाइ मोरंग प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ३१ ग्राम ब्राउन सुगरसहित दुइ जनालाइ मोरङको बेलबारीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिराहाको मिर्चैया ५...
काठमाडौं, २५ वैशाख-दोहोरो बिल जारी गरेवापत आज २ बिक्रेतालाई कारवाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा खाद्य पदार्थलाई बढी मूल्यमा बिक्री वितरण गरेको र दोहोरो बिल जारी गरेको भेटिएपछि...
विराटनगर । विराटनगरका इन्द्रजित राजभण्डारीले स्विमिङ्ग प्रशिक्षकको अन्तराष्ट्रिय मान्यता पाएका छन् । अमेरिकन स्विमिङ्ग कोचेस् एसोसिएसनले भारतको बैङ्लोरमा फेब्रुअरी १२ देखि १८ फेब्रुअरी आयोजना गरेको लेभल १ देखि ५ लेभलसम्मको कोर्ष पुरा गर्दै राजभण्डारीले स्विमिङ्ग...
विराटनगर । १३ औं संस्करणको प्याब्सन स्पोर्टस् मिट अन्र्तगत जुनियर छात्रातर्फको भलिवलको उपाधि मोरङ पब्लिक स्कुलले जितेको छ । सहिद मैदानमा आइतबार सम्पन्न भएको जुनियर भलिवल प्रतियोगिताको फाइनलमा सुन्दरहरैँचाको इन्द्रपुर नमुना स्कुललाई २५–२१ र २५–१७...