डाक्टर बनेर काठमाडौंबाट झापा पुगेका २ जना प्रहरीको नियन्त्रणमा

 न्यूज विराट
डाक्टर बनेर काठमाडौंबाट झापा पुगेका २ जना प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका २ युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् ।

लकडाउनमा पनि ती युवा बा ६ च ७०१९ नम्बरको कारमा धरान हुँदै आज बिहान काँकडभिट्टा आइपुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न आएको बताएका उनीहरुमध्ये एक जनाले डा. विनोद श्रेष्ठ नामको नक्कली परिचय पत्र बोकेका थिए ।

काठमाडौँदेखि चिकित्सकको बहाना गरी सुरक्षा जाँच छल्दै काँकडभिट्टा आइपुगेका उनीहरुलाई प्रहरीले मेडिकल काउन्सिलको दर्ता नम्बरसमेत माग्दै सोधपुछ गरेपछि नक्कली चिकित्सक भन्ने पोल खुलेको थियो ।

दुबै जनालाई प्रहरीले आवश्यक अनुसन्धान अघि बढाउँदै तत्कालका लागि मेचीनगरको क्वारेन्टाइनमा पठाउने भएको छ भने सवारी साधन प्रहरी कार्यालयमै राखिएको छ । प्रहरी उपरीक्षक कोइरालाले नियन्त्रणमा लिइएका दुबै व्यक्ति लागू औषधको खोजीका लागि छटपटाउँदै आइपुगेको आशङ्का गरिएको बताए । रासस

सम्बन्धित समाचार

प्रदेश स्तरीय भारोत्तोलन प्रतियोगिता सम्पन्न

विराटनगर । कोशी प्रदेश स्तरीय प्रथम भारोत्तोलन प्रतियोगिता सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको हो ।्प्रतियोगितामा ५५ केजी समूहमा मोरङका...

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ ।मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन...

आज सुदूरपश्चिममा ९७ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

धनगढी, ३१ वैशाख -बुधवार धनगढीको प्रयोगशालामा कोरोनाको आशंकामा परिक्षण गरिएका ९७ जनाको थ्रोट स्वाबको नमूनाको नतिजा नेगेटिभ आएको छ । जसमा कैलालीको भजनीका ८, आइसोलेसनमा रहेका कञ्चनपुरको दम्पत्तीसमेत रहेका छन् । भजनीबाट बर्दिया गएकी बालिकामा...

आईपीएलः कोलकातामाथि पन्जाबको शानदार जीत

एजेन्सी, ११ कात्तिक-किङ्स इलाभेन पन्जाबले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्समाथि सानदार जीत हात पारेको छ । शारजाहमा गएराति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गरेको हो । कोलकाताले दिएको...

विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना, अध्यक्षमा अनिल शर्मा

विराटनगर । लायन्स क्लव अफ विराटनगर हेल्थ प्रोफेसनलको पदस्थापना सम्पन्न भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी क्लबको पदस्थापन भएको हो । क्लबको नवनिर्वाचित अध्यक्षमा औषधी व्यवसायी अनिल चौधरी शर्मा रहेका छन् ।...

भारतको पश्चिम बंगालमा भ्यानमा करेन्ट लाग्दा १० जनाको मृत्यु

भारतको पश्चिम बंगालको कूचबिहारमा गए राति भ्यानमा करेन्ट लाग्दा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भइका छन् । भ्यानमा गीत बजाउनका लागि जेनेरेटर जडान गरिएको थियो । डिजे चलाउने...

जनप्रतिनिधिले काम विनै खाएको तलब फिर्ता गर्न माग

  पथरी, ३ चैत । विना काम तलब लिने जनप्रतिनिधिलाई रकम फिर्ता गर्न नयाँ शक्ति पार्टीले माग गरेको छ । आइतबार नयाँ शक्ति पार्टी नगर समितिले पथरीशनिश्चरे नगर प्रमुखलाई ज्ञापन पत्र मार्फत् विना काम तलब...

अयोध्याका विषयमा थप अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, २४ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा अध्ययन गर्न आग्रह गरेका छन् । उनले शुक्रबार माडी नगरपालिका-९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्