टी – २० क्रिकेट प्रतियोगिता, सुदूरपश्चिम र एपिएफ विजयी
सोमबार, २८ फागुन, २०८०,
न्यूज विराट
विराटनगर । राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपिएफ विजयी भएको छ । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई २ विकेटले पराजित गरेको छ । जितसँगै सुदूर समुह ‘बी’ मा ४ खेलमा ३ मा जित र १ मा पराजित हुँदै ६ अंकको साथ दोस्रोे स्थानमा रहेको छ । वागमतीले खेलेको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । वागमतीले बाँकी दुई खेल जित हात पारे पनि समुह चरणबाटै बाहिरिने छ । सुदुरपश्चिम सेमिफानमा नजिक पुगेको छ । अव पुलिसले बाँकी रहेको २ खेलमा लुम्बिनी र बागमतीलाई भारि मतान्तरमा जित निकाले मात्र सुदूर प्रतियोगिताबाट बाहिरिने छ । टस जितेर ब्याटिङ गरेको वागमतीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनमा सिमित भयोे । वागमतीका लागि शुभ कन्साकारले ३४ बलमा ३ छक्का र ४ चौका प्रहार गरी ४१ रन बनाउँदा रविन जोशीले ३१ रनको योगदान दिए ।
सुदूरका प्लेयर अफ द म्याच नारायण जोशीले २ ओभर बलिङ गर्दै ९ रन दिएर ३ विकेट लिए भने नरेन साउदले २ विकेट लिए । जवाफमा १ सय १८ रनको लक्ष्य पाएको सुदूरले १९ दशमलव २ बलमा ८ विकेट गुमाई सो विजयी लक्ष्य पार गर्यो । सुदूरपश्चिमको जितमा नरेन भट्टले ३० रन बनाउँदा दिपक वोहोराले २२ रन, किरण ठगुन्नाले २१ रन र नारायण जोशीले १६ रनको योगदान दिए । वागमतीका गौतम केसीले ३ विकेट भए भने विपिन आचार्य र इशान पाण्डेले समान २–२ विकेट लिए ।
दोस्रो खेलमा एपिएफले घरेलु टोली कोशी प्रदेशलाई ४ विकेटले पराजित गरेको छ । एपिएफसँग पाराजित भएको कोशी प्रतियोगिताबाट बाहिरिएको छ । समुह ए मा ३ खेलमा १ मा जित र २ मा पराजित कोशीले २ अंकका साथ तेस्रो स्थानमा रहयो । कोशीले लिगको अन्तिम खेल मंगलबार आर्मीसँग खेल्ने छ भने एपिएफले प्रतियोगितामा पहिलो जितको स्वाद दिएको छ । २ खेलमा १ मा जित र १ मा पराजित भएको एपिएफ २ अंकका साथ तालिकामा चौथो स्थानमा रहेको छ । टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १७ रनको योगफल तयार पारेको थियो । कोशीका सोनु अन्सारीले ३१ बलमा २ छक्का र ३ चौका प्रहार गरि ४३ रन बनाउँदा अंकित सुवेदीले ३२ रन र श्रवण यादवले १९ रनको योगदान दिए । एपिएफका प्लेयर अफ द म्याच भुवन कार्की, यज्ञमान कुमाल, अमर रोटेला र इर्साद अहमद समान २–२ विकेट लिए ।
जवाफमा १ सय १८ रनको लक्ष्य पछ्याएको एपिएफले १८ दशमलव ५ बलमा ६ विकेट गुमाई लक्ष्य पार गरेको थियो । एपिएफकोे जितमा पूरन विकले ३६ रन, प्रनित थापा मगरले २० र अरुण ऐरीले १५ रनको योगदान दिए । मधेशका फिर्दोस अन्सारीले ४ ओभरमा १६ रन दिएर ३ विकेट लिँदा दिपेश कँडेलले १ विकेट लिए । मंगलबारको पहिलो खेल घरेलु टोली कोशी र आर्मी तथा दोस्रो खेल वागमती र गण्डकीविच हुनेछ ।
गण्डकीका कप्तान कारवाही गण्डकीको कप्तान विपिन खत्री कारवाहीमा परेका छन् । आइतबार पुलिससँग भएको खेलमा पुलिका खेलाडि शंकर रानाको स्टम्पिङको अपिल गरे पछि अम्पायरले आउट नदिए पछि खेल सकिए पछि विपिनले अम्पायरको गलत निर्णयले हामी पराजित भएको भने पछि विपिन कोड अफ कन्डकट लेव टु अनसनर कारवाहीमा परेका हुन् । म्याच रेफि महमद सफिकले उनलाई म्याच फिको सय प्रतिशत र ३ डिमेरि प्वाइन्ट दिएका छन् । उनले अव १८ महिना भित्र क्यानले मान्यता दिएको प्रतियोगितामा १ डिमेरि प्वाइनट पाए भने क्यानले मान्यता पाएको प्रतियोगिताको १ खेल प्रतिबन्ध हुने म्याच रेफ्रि सफिकले बताए ।
विराटनगर । मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । काँग्रेसका नेता गुरूराज घिमिरेलाई ४०७ मतअन्तरले पराजित गरी चौधरी प्रदेशसभामा निर्वाचित भएका हुन् । चौधरीले १५ हजार ४६५ मत ल्याएको...
बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतदानका क्रममा आज पनि प्रहरीले हवाई फायर गरेकाे छ । मतदानकाे क्रममा विवाद चर्केपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेकाे हाे । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लाेकेन्द्रबहादुर विष्टले अप्रिय घटना...
झापा, ४ साउस-झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकहरूलाई नेपाल प्रवेश...
काठमाडौं, १० असार -महानगरीय अपराध महाशाको टोलीले हुण्डीकाे कारोबारमा संलग्न रहेको आरोपमा २ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकाहरू सादा पोशाकका प्रहरी रहेको महाशाखाले जनाएको छ । अपराध महाशाखा स्रोतका अनुसार पक्राउ पर्ने...
विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडस्थित तृष्णा केभिङ टेल्सले अत्यधिक नाफा खाएर सामान बिक्री गर्ने गरेको फेला परेको छ ।विराटनगर महानगरपालिकाको अनुगमन टोलीले अनुगमन गर्दा १७ रुपैयाँमा खरिद गरेको पिउने पानी ५० रुपैयाँसम्ममा बिक्री गरेको पाइएको...
विराटनगर । अस्पतालबाट उपचारको क्रममा कैदी फरार भएपछि दुई जना प्रहरीलाई निलम्बन गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।डियुटिमा खटिएका जिल्ला कारागार मोरङमा कार्यरत प्रहरी सहायक हल्लदार राजिव भण्डारी र प्रहरी जवान ज्ञानेन्द्र कटुवाललाई निलम्बन...
जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...