विराटनगर । नेपालको सहकारी आन्दोलनको ऐतिहासिक महत्व र उपलब्धिहरूको स्मरण गर्दै ६८औं राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको छ । ‘मर्यादित सहकारी, समुन्नत समाज’ मूल नाराका साथ बुधबार विराटनगरमा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी आन्दोलनले देशको आर्थिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । “सहकारी क्षेत्र आज नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा बनेको छ । यसले रोजगारी सिर्जना, गरिबी निवारण र समावेशी विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ,’ उनले भने । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले सहकारी क्षेत्रलाई थप प्रभावकारी बनाउन आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले सहकारी आन्दोलनको वर्तमान अवस्था र चुनौतीहरूबारे प्रकाश पारे । ‘६८ वर्षको यात्रामा नेपालको सहकारी आन्दोलनले धेरै उतारचढाव पार गरेको छ। आज सहकारी क्षेत्रमा ३५ हजारभन्दा बढी संस्थाहरू क्रियाशील छन् र करिब ७० लाख नागरिकहरू प्रत्यक्ष रूपमा आबद्ध छन्, उनले भने । उनले सहकारी सिद्धान्त र मूल्यमान्यताको अनुशरण गर्दै सहकारी संस्थाहरूलाई पारदर्शी र जवाफदेही बनाउन जोड दिए । कार्यक्रममा सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका दुई अभियन्ताहरू माधव अत्री र विष्णु ओझालाई विशेष सम्मान प्रदान गरियो । समारोहका अवसरमा सहकारी उत्पादनहरूको प्रदर्शनी पनि आयोजना गरिएको थियो जसमा विभिन्न सहकारी संस्थाहरूद्वारा उत्पादित वस्तुहरू प्रदर्शनीमा राखिएका थिए ।
विराटनगर । ससुराको हत्या आरोपमा ज्वाइँ पक्राउ परेका छन् । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या आरोपमा २७ वर्षीय रविन राई पक्राउ गरेका हुन् ।प्रहरीले उनलाई धनकुटाको मूलघाटबाट आइतबार बिहान...
काठमाडौं, असार १ निषेधाज्ञा वा बन्दाबन्दी लागू भएको समयावधिसम्म मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगर्नेर्लाइ जरिवाना असुल नगर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ । बन्दाबन्दी पूर्णरुपमा खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र विवरण...
सुर्खेत, वैशाख ११-कालिकोटमा बाहिरबाट आएका २ सय १ जनालाई क्वारेन्टाइन राखिएको छ । जिल्ला बाहिर अलपत्र रहेकालाई उद्धार गरेर क्वारेन्टाइनमा राखिएको हो । बाहिरी जिल्लाबाट कालिकोटमा बुधबार मात्र ३ सय ३३ जना भित्रिएको जिल्ला प्रशासन...
विराटनगर, १ जेठ । नयाँ भेरियन्टको कोरोना महामारीको बेलामा उद्योग धन्दा संचालन गर्नुपर्ने भए उद्योगी व्यवसायीहरुले मजदुर तथा कर्मचारीहरुलाई उद्योगमै राख्नुपर्ने भएको छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कार्यस्थल परिसरभित्रै बस्ने प्रबन्ध मिलाउनु पर्ने...
आवश्यक सुरक्षा सतर्कता अपनाएर शुक्रबारदेखि उद्योगहरु सञ्चालनमा आउने भएका छन् । लकडाउन लगाएको १० दिनपछि सरकारले लकडाउनमा खुकलो नीति लगाएको छ । शुक्रबारदेखि उद्योग सञ्चालनमा प्रशासनले अवरोध नगर्ने भएको छ । विशेष गरी खाद्य र औषधि...
वीरगञ्ज, १७ वैशाख-नेपालमा बुधबार थप ३ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका २ र पर्साका १ जनामा नतिजा पोजिटिभ देखिएको हो । आज कोरोना पोजिटिभ देखिएका संक्रमित भारतको दिल्लीमा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले तीन मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूले आज प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष शपथसमेत लिएका छन् । माओवादीबाट नियुक्त भएका जीवन आचार्य र राजेन्द्र कार्की, नेपाली काङ्ग्रेसबाट...
काठमाडाैं, २६ वैशाख-सरकारले लकडाउनलाई व्यवस्थित गर्दै विकास निर्माणका गतिविधि बढाउने निर्णय गरेसँगै प्रहरी र स्थानीय प्रशासनले यातायात आवागमनलाई सहजीकरण गर्न थालेका छन् उद्योग, कलकारखाना तथा कृषि कार्य खुलाउने सरकारको निर्णयसँगै त्यससँग सम्बन्धित सवारीलाई निर्वाध आवागमनका...