दादुरा–रुबेलाको खोप अभियान, विराटनगरमा ५५ हजार बालवालिकालाई खोप लगाउने
बिहिबार, १० फागुन, २०८०,
न्यूज विराट
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रभित्र यही फागुन १३ गते आइतबारदेखि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन हुने भएको छ । अभियानभरीमा महानगरपालिका भित्र ५५ हजारलाई खोप लगाउने लक्ष्य रहेको छ ।
खोप अभियानका लागि सम्पूर्ण तयारी पूरा भएको स्वास्थ्य महाशाखाका खोप अधिकृत दिलिपकुमार यादवले जानकारी दिए ।
स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाहरूलाई अभियानका विषयमा अभिमुखीकरण तालिमसमेत सञ्चालन गरिसकेको यादवले बताए । महानगरको १९ वटै वडामा एकैसाथ सञ्चालन हुने अभियानका लागि २ सय ३० वटा खोप केन्द्र रहने खोप अधिकृत अमरदीप देवले जानकारी दिए । ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई उक्त खोप दिइने छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विद्यालय, स्वास्थ्य चौकी र बढी बालबालिका भएको टोलमा खोप केन्द्र रहनेछन् । खोप केन्द्रमा २ जना स्वास्थ्यकर्मीसहित जना परिचालित हुनेछन् । महानगर क्षेत्रका ५५ हजार बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको खोप अधिकृत देवले बताए । उनका अनुसार हालसम्म महानगरभित्र दादुरा–रुबेलाका बिरामी भेटिएका छैनन् । अन्य क्षेत्रमा भेटिएकाले लक्षित बालबालिकालाई अनिवार्य रुपमा खोप लगाउन देवले आग्रह गरे ।
अभियान कम्तीमा एक हप्तासम्म सञ्चालन हुनेछ । त्यसपछि पनि छुटेका बालबालिकाहरुलाई स्वास्थ्य चौकीमा लगेर खोप लगाइने देवले बताए । कार्यक्रममा मेयर नागेश कोइरालाले जनप्रतिनिधि र स्वास्थ्य कर्मचारी लागेर मात्रै अभियान सफल नहुने भएकाले सहयोग गर्न सबैलाई आग्रह गरे । उनले समाजका सबै क्षेत्रका व्यक्तिको सामूहिक प्रयासले मात्रै खोप अभियान पूर्ण रुपमा सफल हुने बताए । “यो अभियानलाई सफल बनाउन जनप्रतिनिधि र कर्मचारी लागेर मात्रै हुँदैन,” उन भने, “यसमा पत्रकारसहित समाजका सबै व्यक्तिहरू लाग्नुपर्छ । विशेष गरी आफ्ना बालबालिकाहरूलाई खोप लगाउन सम्पूर्ण अभिभावकहरूलाई आग्रह पनि गर्दछु ।” सो अवसरमा वडाध्यक्षहरू तीर्थेन्द्र नेउपाने, कुमार पोखरेल, सन्तोष न्यौपोने, अर्जुन गिरी र जितेन्द्रकुमार साहले वडास्तरबाट पनि खोप अभियान सफल बनाउन व्यापक तयारी गरेको बताए । नेपाल सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग उन्मुलन गर्ने लक्ष्य राखेको छ । गत वर्ष विराटनगर महानगरपालिका भित्र ९५ प्रतिशत बालवालिकाहरुले खोप लगाएका थिए ।
विराटनगर । शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । मोरङको बुढीगंगा गाउँपालिका – ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले...
काठमाडौं, २३ साउन-ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साका ४५ वर्षीय पुरुष रहेका अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए । उनका अनुसार मृतक...
काठमाडौं, २० कात्तिक-गत २४ घण्टामा नेपालमा ३ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १ हजार २ सय ९ महिला र १ हजार ८ सय ४२ पुरुष रहेका छन् । योसँगै संक्रमितको...
विराटनगर । मानव सेवा आश्रमले विराटनगरमा आमा सेमिनार गर्ने भएको छ । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार आमा सेमिनार आयोजना गर्ने आज पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । दिउँसो २ बजेदेखि ४ बजेसम्म आयोजना हुने...
विराटनगर, ११ असोज । आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालत अगाडी इटा उद्योगीमापथ खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका वडा नं.–९ बस्ने बर्ष ३० वर्षीय कलाम...
विराटनगर, ३ असोज । संविधान दिवसका अवसरमा विराटनगरमा आज थुनुवा, कैदी र बन्दीका संविधान प्रदत्त हक अधिकारको प्रयोग र सुधार गर्नुपर्ने पक्षहरु विषयक सरोकारवासँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रदेश १ को आन्तरिक मामिला...
एजेन्सी, जेठ २८-अफ्रिकी राष्ट्र बुरुन्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका उनको सुरुमा स्वास्थ्यमा...
विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ । हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले...