
योसँगै संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको कुल संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार बिहीबार १८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । अहिले देशभर ३६ हजार ५ सय १४ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।