
विराटनगर, ३१ वैशाख । मोरङको सुनवर्षी नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता कायम गरेको छ ।
हालसम्म वडा नम्बर १ को ३६८ मतगणना हुदा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार यज्ञबादुर कार्कीले १५६ मत प्राप्त गर्दै झिनो मतले अग्रता कायम गरेका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का श्याम राजवंशीले १४७ मत ल्याएका छन् ।
उपमेयरमा पनि कांग्रेसकै विमलादेवी दासले १६१ मत प्राप्त गर्दा एमालेकी मिरादेवी दासले १४४ मत प्राप्त गरेको जनाइएको छ ।