विराटनगर उच्च अदालत अगाडी इटा उद्योगीमाथि खुकुरी प्रहारमा संलग्न दुई जना पक्राउ

 न्यूज विराट
विराटनगर उच्च अदालत अगाडी इटा उद्योगीमाथि खुकुरी प्रहारमा संलग्न दुई जना पक्राउ

विराटनगर, ११ असोज । आइतबार दिउँसो विराटनगरस्थित उच्च अदालत अगाडी इटा उद्योगीमापथ खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काभ्रेपलान्चोक चौरी देउराली गाउँपालिका वडा नं.–९ बस्ने बर्ष ३० वर्षीय कलाम सिंह लामामाथि खुकुरी प्रहारमा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं.–११ का २७ वर्षीय बिमल कार्की र मोरङको धनपालथान गाउँपालिका वडा नं.–१ बस्ने ५३ वर्षीय मोहम्मद साजिद मियाँ रहेका छन् । उनीहरु मध्ये कार्कीलाई आइतबारनै प्रहरीले पक्राउ गरेको थियो भने मियाँ सोमबार पक्राउ परेका हुन् ।

वयवसायिक विवादका कारण उनीहरुले खुकरी प्रहार गरी लामालाई घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते लामाको काठमाण्डौ स्थित नर्भिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

पक्राउ परेका दुवैविरुद्ध मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग कसूरमा दिन ५ (पाँच) म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार

पर्यटन केन्द्रित १३ औँ चितवन महोत्सव

चितवन, ४ मङ्सिर-तेह्रौँ संस्करणको चितवन महोत्सव पर्यटन केन्द्रित हुने भएको छ । पुस २५ गतेदेखि नारायणी नदी किनार नारायणगढमा सुरु हुने महोत्सव पर्यटनलाई केन्द्र बिन्दुमा राखेर गर्न लागिएको आयोजकले जनाएको छ । कोभिड महामारीका कारण...

हिंसात्मक प्रदर्शन रोक्न इन्डोनेसियामा सयौं सुरक्षाकर्मी परिचालन

इन्डोनेसियाले पश्चिमी प्रान्तमा फैलिएको हिंसात्मक प्रदर्शन रोक्न सयौं सुरक्षाकर्मी परिचालन गरेको छ । विभिन्न समुदायमा फैलिएको हिंसात्मक गतिविधि रोक्न सुरक्षाकर्मी परिचालन गरीएको अन्तर्रा्ष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । पश्चिमी पापुरालाई दुइ भागमा विभाजन गरेको विरोधमा स्थानीयले...

कोशी अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु

विराटनगर, ५ भदौ–विराटनगरस्थित कोशी अस्पतालका आइसोलेसनमा एक पुरुषको मृत्यु भएको छ । कारोनासँग मिल्दो लक्षण भएका एक जना बेवारिसे पुरूषका मृत्यु भएको छ । धनकुटाको भेरी गाउँपालिका–३ घर बताउने ५० वर्षीय पुरूषको शुक्रबार अस्पतालको आइसोलेसनमा...

साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं, ३ असार । सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशक...

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार...

संविधान सवैका लागि बनोस् : प्रदेश प्रमुख अधिकारी

विराटनगर, ३ असोज । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संविधान सवैका लागि बनोस् भन्दै संविधान दिवसको शुभकामना दिनु भएको छ । उहाँले ‘मेरो संविधान, हाम्रो संविधान र हामी सबैको संविधान बनिरहोस्’ भन्ने...

कोरोनासम्बन्धी गतिविधिका लागि ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्स

पोखरा, २ बैशाख-कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि सरकारले हालसम्म गरेका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले गण्डकी प्रदेशमा मोबाइल एप्स सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘गण्डकी स्वास्थ्य’ मोबाइल एप्समार्फत प्रदेशमा...

नुहाउन गएका बेला भालुको आक्रमण

जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्